» » मधेशी र पहाडी महिला साथमा तीज मनाउँदै

सिरहा, भदौ १२ गते । तीज आउन केहि दिन वाँकी छ । तीजको माहोल बनाउन पहाडी मधेशी महिला एकै ठाँउमा उभिएर अभ्यासमा गर्न थालेको छ ।

यो अभ्यासको लागि साझा मञ्च खोजी दिने काम लहान सिटी जेसिसले गरेको छ । दुवै समूदायको महिलाले खुशीका साथ एकताको पर्व मानउन मनै खोलेर अभ्यासमा लागेका छन् ।

लहान सिटी जेसिसले सप्ताहिक कार्यक्रमको सुचीमा तीजको तयारी कार्यक्रम राखेर चार सयको हाराहारीमा दुवै समूदायको महिलाहरुलाई एकै मञ्चमा भेला गरेर अभ्यास कार्यक्रमको आयोजनाले महिलाहरु दङग परेर लहान नगर सभाको हलमा शनिवार राती अवेरसम्म अभ्यास गरेका छन् ।

प्रतिभा गिरी र सुनिता गुप्ता भन्नुहुन्छ – हामी नेपालीको मन र भावनालाई जोडने चाडपर्वको श्रृङगखला सुरु भयो हामी सवै एक हौ भन्ने सन्देस दिनको लागि यसपटक लहानमा तीजको साझा अभ्यास थालेका छौ ।

पहाडी समूदायका महिलाहरु पहिले मात्रै गर्ने तीजमा मधेशी महिलाहरु पनि सहभागी हुन थाल्नु मधेशीको चाडपर्वमा पहाडी समूदाय पनि भाग लिनुले लहानमा भावनात्मक एकता देखिन थालेको छ भन्ने भनाई रहेको छ शिक्षिका लक्ष्मी थापाको ।

लहान सिटी जेसिसका अध्यक्ष शंकर प्रसाद गुप्ता , प्रतिष्ठित व्यापारी अशोक अमात्यको विशेष पहलमा भएको तीज अभ्यासले राम्रो सन्देस दिएको सहभागीहरुले खुशीका साथ आफना भावनाहरु साटेका छन ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..