» » तमलोपामा यो के रोग लाग्यो बाबै !


पहिला पहिला एसएलसीको रिजल्ट ६ महिनापछि आउँथ्यो । त्यो ६ महिनाको अवधिमा बसेर के गर्ने भनि दिल्ली पञ्जाव कमाउन जान्थे, कोही कम्प्यूटर कोही त पढाई नै छाड दिन्थे । अहिले त्यही अवस्था तराई मधेश लोकतान्त्रिक पार्टीमा भएको छ । नवलपरासीमा महाधिवेशन सम्पन्न भएको एक महिनभन्दा बढी भइसक्यो । तर अहिलेसम्म पदाधिकारीलगायत अन्य केन्द्रीय सदस्यहरुको चयन तथा मनोनय हुन सकेको छैन ।

नवलपरासीको रामग्राममा असार ६, ७ र ८ गते भएको महाधिवेशनमा सबै पदमा सर्वसम्मति गर्ने भन्दै त्यहाँ अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र अन्य पाँच आरक्षित केन्द्रीय सदस्य सर्वम्मतिले भयो । अन्य पद पनि सर्वम्मति गर्ने भनि त्यसको जिम्मेवारी अध्यक्ष महन्थ ठाकुर दियो । असार ९ गते कार्यक्रम सकाएर सबै जना काठमाडौ फर्के । बाँकी महासचिव, सहमहासचिवलगायतको पदको मनोनय तथा चयन अध्यक्ष ठाकुरले आज गर्नुहुन्छ भोली गर्नुहुन्छ भन्दै एक महिनाभन्दा बढी भइसक्यो ।

महसचिव, सहमहामन्त्रीका उम्मेदवारहरु प्रत्येक दिन पार्टी कार्यालय धाउनु हुन्छ । आज आउँछ, भोली रिजल्ट आउँछ भनि कुनै पत्तो छैन । एसएलसीको रिजल्ट जस्तै कुर्दा कुर्दै विचमै पढाई छोड्नु नपरोस् सो पार्टीका एक नेताले टिप्पणी गर्नुभयो । पार्टीका एक नेताले भन्नुभयो, रिजल्ट तयार भइसकेको छ तर त्यसलाई टाँस्न मात्र बाँकी छ । तर अध्यक्षजीमाथि यति दवाव आउँछन् कि टाँस्न तयारी रहेको कुरा पनि ब्याक हुन्छ ।’

जसको नाम त्यसमा हुन्छ भने ठिक्कै छ, जसको नाम त्यसमा हुँदैन त्यसले अप्रत्यक्ष रुपमा शक्ति केन्द्रहरुबाट अध्यक्षमाथि दवाव बढाउने गरेको स्रोतको दावी छ । त्यही दवाव थेग्न नसकेको कारण हालसम्म रिजल्ट नआएको पार्टी स्रोतको दावी छ । यता विभिन्न पदमा उम्मेदवारी दिनुभएका नेताहरु निराश भइसकेका छन् । त्यसको कारणले पार्टीका अन्य गतिविधिहरु ठप्प परेका छन् । कोही क्षेत्र वा जिल्लामा जाँदैन । त्यहाँ गएर कुन हैसियतमा काम गर्ने, भोली पदमा आउने हो कि होइन, नेताहरुमा चिन्ता छ । पार्टी कार्यालयमा एक नेताले भन्नुभयो, यस्तो नहोस् कि पदाधिकारीको नामावली अध्यक्षको सुटकेशमा राखि रहोस् भोली पत्ता लागोस् । नेता फलानो पार्टीमा पुगिसक्यो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..