» » परीक्षामा अनुतिर्ण भएपछि मिश्रले गरिन् आत्महत्या


भक्तपुर, साउन २४ गते । कक्षा १२ को विज्ञान सङ्कायको परीक्षामा अनुत्तीर्ण भएपछि गएराति एक किशोरीले आत्महत्या गरेकी छिन् ।

भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–८ सिरुटारकी १७ वर्षीया अनुजा मिश्रको शव झुन्डिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिएको छ ।

पढाइ राम्रो भए पनि परीक्षाको परीक्षाफलमा अनुत्तीर्ण भएपछि उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ । कक्षा १२ को परीक्षाको परीक्षाफल आइतबार सार्वजनिक भएको थियो ।

मिश्रको शव परीक्षण लागि शिक्षण अस्पताल पठाइएको प्रहरीले बताएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..