» » रोजराणामाथि खुकुरी प्रहार


काठमाडौँ, साउन ३१ गते । फिल्म निर्माता रोज राणामाथि आज साँझ काठमाडौँमा खुकुरी प्रहार भएको छ ।

मध्यबानेश्वरस्थित रत्नराज्य स्कुल अगाडि अपरिचित समूहले राणाामाथि खुकुरी प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक प्रधुम्न कार्कीले जानकारी दिनुभयो । घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

खुकुरी प्रहारबाट राणाको दाहिने हातमा चोट लागेको छ । उनको सिभिल अस्पताल मीनभवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..