» » कुरीती विरुद्ध प्रहरी



सीताराम चौधरी
कपिलवस्तु, भदौ १४ गते । समाजमा फैलिएको कुरीति, कूसंस्कारको विरुद्ध यतिबेला नेपाल प्रहरी अभियानमा जुटेको छ ।

बालविवाह, बहुविवाह, दाइजो प्रथा तथा यौन अपराधको विरुद्ध इलाका प्रहरी कार्यालय बहादुरगञ्ज जनचेतनामूलक कार्यमा जुटेको हो ।

हाम्रो समाजमा अझै पनि बालविवाह, दाइजोप्रथा, बहुविवाह जस्ता प्रथाले जरा गाडेकाले यस किसिमको प्रथालाई अन्त्य गर्न जनचेतनामूलक ¥याली तथा कार्यक्रम गरेको छौ, प्रहरी नायब निरीक्षक दीपेन्द्रराज गिरीले भन्नुभयो, समाजमा फैलिएका यौनअपराध, बालविवाह, बहुविवाह र दाइजोप्रथाको अन्त्य गर्न समाजका सबै पक्ष एकजुट हुनु आवश्यक छ ।

नेपालको कानुनमा  १० वर्ष भन्दा कम उमेरको बालिकालाई जर्वजस्ती करणी गरेमा १० वर्षदेखि १५ वर्षसम्म, १० वर्ष वा सो भन्दा माथि र १४ वर्षभन्दा कम उमेरकी बालिका भए ८ वर्षदेखि १२ सम्म, १४ वर्षदेखि १६ वर्ष भन्दा कम उमेरको भएमा ६ देखि १० वर्षसम्म कैद सजायको व्यवस्था रहेको प्रहरी नायब निरीक्षक गिरीले बताउनु भयो ।

कार्यक्रममा सहभागी स्थानीय समाजसेवी एवं नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि दिपक शुक्लाले यस्ता कुरीति हटाउन व्यापक जनचेतनामूलक कार्यव्रmम गरिनुपर्ने बताउनुभयो ।

यस्तै सदभावना पार्टीका केन्द्रिय सदस्य रविदत्त मिश्र, महिला अधिकारकर्मी किस्लावती यादव, कृष्णनगर यातायात समिति अध्यक्ष जाबेद खान, कपिलवस्तु किसान संघका अध्यक्ष अनुप चौधरी, बहादुरगञ्ज गाविस सचिव तेजबहादुर सिंह लगायतले यस किसिमका समस्या तथा अपराधिक क्रियाकलापलाई न्यूनीकरणमा हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..