» » महोत्तरी प्रेस सेन्टरमा बराल


महोत्तरी, साउन २८ गते । प्रेस सेन्टर नेपाल महोत्तरीका अध्यक्षमा सुनिता बराल सर्वसम्मत छानिनुभएको छ ।

महोत्तरीको बर्दिवासमा हिजो सम्पन्न एकता सम्मेलनले नौ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो । समितिमा धनवीर महतो, शैलेन्द्र श्रेष्ठ, सुनिता महतो र राजीव राय क्रमशः उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष रहनुभएको छ ।

त्यसैगरी समितिका सदस्यमा मेनुका श्रेष्ठ, प्रेम कार्की, उषा आचार्य र गोपाल कार्की चयन हुनुभएको नवनिर्वाचित सचिव शैलेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा २ नं प्रदेशका संयोजक देवराम यादवले शपथ गराउनुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..