» » सलहेस र दीनाभद्रीलाई राष्ट्रिय विभुती घोषणा गराउन हस्ताक्षर अभियान


काठमाडौ भदौ १२ गते । सलहेस र दीनाभद्रीलाई नेपालको राष्ट्रिय विभुती घोषणा गराउने दवावका लागि हस्ताक्षर अभियान शुरु गरेको छ ।
आज बानेश्वरमा भोर र मिथिला पर्यटन समाजिक संस्थाले आयोजना गरेको हस्ताक्षर संकलन कार्यक्रममा तीन हजारले हस्ताक्षर गरेको भोरका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो । राष्ट्रले बिर्सेको राष्ट्रिय गौरव सलहेस र दीनाभद्रीलाई नेपालको राष्ट्रिय विभुति धोषणा गराउन हस्ताक्षर अभियानको शुभारम्भ गरेको बताउँदै महतोले यो हस्ताक्षर अभियान देशैभरि सञ्चालन हुने बताउनुभयो ।
एक लाख हस्ताक्षर गर्ने तयारी रहेको बताइएको छ ।
यसअघि जानकी मन्दीरलाई पनि विश्व सम्पदा सुचीमा राख्नका लागि भोरले हस्ताक्षर अभियान चलाएको थियो । हस्ताक्षर पुरातात्विक विभागलाई बुझाई सकेको छ ।

को हुन सहलेस ? 

मिथिलाको हावापानी, खेत–खलो, गाउँघर, पशु–पंक्षी, वन–जंगल सर्वत्र लोकप्रिय पात्र हुन्, राजा सहलेस । राजर्षी राजा जनकपछि मिथिलामा उनलाई प्रादुर भाव भएको व्यक्तित्व मानिन्छ । पाँचौ–छैठौ शताब्दीतिर मिथिलामा आफ्नो पराक्रम र चमत्कारीक नेतृत्वले गर्दा आजसम्म उनको चर्चा छ । महिसोथा, हालको सिरहा उनको जन्मस्थल हो । उनको वास्तविक नाम भने राजा जयवर्धन सैलेश रहेको थियो ।
यिनी कुनै दन्त्य कथाका पात्र होइनन्, न त पुराणका यशस्वी राजर्षि नै हुन् । उनी त्यतिबेला राजा भएता पनि लोक कल्याणमा सक्रिय थिए जसकारण उनी जनताका प्रिय पात्र बनेको बताइन्छ ।
त्यसैले आज आममानिस नै यिनको अमरत्वको रक्षक बनेका छन् । उनको व्यक्तित्वमा अचम्मको आकर्षण छ । प्रेम, प्रकृति, शौर्य, न्याय र नेतृत्व सबै गुणमा उनी सबल मानिन्थे । सलहेसमात्र नभएर उनका सहयोगी पात्रहरू पनि देउताझैँ पूजन्छिन । पूर्वी नेपाल र उत्तरी बिहार अर्थात मिथिला क्षेत्र सलहेसको कर्मथलो रह्यो । मिथिलामा अन्याय, अत्याचार र अराजकता बढेको समयमा सलहेसको प्रादुर्भाव भएको थियो ।
उनलाई मिथिला क्षेत्रमा अन्याय र अत्याचार विरुद्ध लडेका विद्रोही पात्रका रुपमा समेत चिनिन्छ । उनलाई तराईंको दुसाध समुदायले अहिले पनि भगवानका रुपमा पुजा गर्ने गर्छ ।

सिरहाको लहानदेखि चार किलोमिटर पश्चिममा उनको नाममा राखिएको सलहेश फुलबारी छ । हरेक वर्षको नयाँ वर्षमा उक्त फुलबारीमा फुल फुल्ने गर्छ । फुलबारीमा पुजा गर्न आउने मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । यो फुलबारीमा राजा सलहेस फुल टिप्ने जान्थे भन्ने किवंदन्ती रहेको छ । सलहेसलाई उनकी प्रेमीका कुशमा मालिनले हरेक दिन त्यहाँ फुलको माला अर्पण गर्थिन भन्ने विश्वास छ । त्यही प्रेमको प्रतिकका रुपमा आज पनि त्यहाँ फुल फुल्ने गरेको विश्वास गरिन्छ ।

वैशाख १ गते त्यहाँ ठुलो मेला लाग्ने गर्छ जहाँ नेपाल र भारतबाट लाखौं मानिस आउने गर्छन ।

को हुन दीनाभद्री ?
आर्य सभ्यताको प्रभाव बढदै गइरहेको प्रारम्भिक कालमा दीनाभद्री दुई दाजुभाई थिए । अहिलेको सप्तरीमा पर्ने कटैया खापमा यिनीहरुको मूल केन्द्र थियो । दिन – भद्री मैथिली समाजका लोक नायकका रुपमा पुजिन्छ । नेपालमा जन्मिएको भए पनि भारतको मैथिल र मुसहर बस्तीमा समेत दीनाभद्रीको गाथा गाइने भएकाले अझ यो अर्थपूर्ण छ ।

सप्तरी जिल्लाको जोगिया जाँजर गाउँमा कालु सदा र आमा नीरसोको कोखबाट दुई पुत्र दीना र भद्री जन्मिएका थिए । बाल्यकालदेखि नै दुवै दाजु–भाइ वीर एवम् साहसी थिए । कुश्ती खेल्नमा सिपालु रहनुका साथै सामाजिक न्यायका सच्चा पहरेदारको रुपमा प्रस्तुत भएका कारण उनीहरुको बीरताको चर्चा त्यतिबेला जन–जनमा चलेको थियो । उनीहरुको मुख्य पेशा भनेको खेती किसानी थियो ।
लोकगाथामा उल्लेख भएअनुसार दाजु दीना र भाइ भद्रीले पाँच मनको कोदालो चलाउने गर्दथे । दुवै दाजु भाइ सामन्ती प्रथाका कट्टर विरोधी थिए । गिरहतको हजुरी’ नगरी स्वतन्त्र रुपमा मजदुरी गर्नकालागि मुसहर समुदायलाई प्रेरित गर्ने गर्दथे ।
मजदुरमाथि दमन शोषण गर्ने वा काम गराएर ज्याला नदिने विरुद्ध उनीहरु जाइ लाग्ने गर्दथे ।

जोगिया जाँजरका सामन्त कनक सिंहले उपेक्षित, उत्पिडित एवम् निम्नवर्गका व्यक्तिहरुलाई जबरजस्ती काममा लगाएर मजदुरी समेत दिंदैनथे । एक दिन बिहानै कनकसिंह दीना–भद्रीको आँगनमा गएर खेतमा काम गर्नका लागि आउन भने ।

सिंगो गाउँ नै आफ्नो खेतमा बेगारी खटिरहेको बताएपछि उनीहरुले सामन्त कनकसिंहलाई कठालो समातेर बेस्सरी कुटेको लोकगाथामा प्रसङ्ग  उल्लेख छ । उनीहरुको वीरताको सम्बन्धमा अर्को प्रसंग के छ भने सप्तरीको भारतीय सीमावर्ति क्षेत्र कुनौलीमा जोराबर सिंह नाउँका एकजना राजपुतले त्यस क्षेत्रका मानिसलाई शोषण, दमन, अत्याचारका साथै नारी अस्मितामाथि समेत खेल्ने गर्दथे ।
उनले कुनौली क्षेत्र पुर्व, पश्चिम, दक्षिण वा उत्तरतिरबाट पहिलो पटक ससुराली जाने नव विवाहितालाई एक रातको लागि जर्वजस्ती पक्रेर ल्याउँथे ।

यसप्रकारको अत्याचारबाट मुक्ति दिलाउनकालागि दीना र भद्री दुलहीको डोलामा आफै बसी कुनौली पुगेका थिए । उक्त डोला जोराबर सिंहको घर पु¥याईन्छ । तत्पश्चात जोरावर सिंहसँग पहलमानी लडेर मारेको कुरा लोकगाथामा उल्लेख भएको पाईन्छ । यसरी एउटा अत्याचारीको अन्त्य गरेर दीना–भदरीले त्यस क्षेत्रका जनतालाई चयनको साँस फेर्ने मौका दिए ।  सप्तरी सिरहालगायतका मधेशका जिल्लाहरुमा देवी देवताको पूजा गर्ने बेलामा दीना–भद्रीको पूजाको अनिवार्यता हुन्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..