» » सरकार निर्माण तथा सरकारको निर्णय बारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौ साउन २६ गते । नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन भएको सरकारले मधेश आन्दोलनको बारेमा गरेको निर्णय, सरकार निर्माण तथा अगामी कार्यक्रमको बारेमा छलफल गर्न आज संघीय गठबन्धनको बैठक बस्दैछ ।

संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा तीन बजे बस्ने गअठबन्धनको बैठकमा सरकार निर्माण, सरकारको निर्णय, अगामी कार्यक्रमको बारेमा छलफल हुने राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी गराउनु भयो । ।

संघीय गठबन्धनले प्रचण्ड नेतृत्वको सरकार निर्माण गर्नका लागि सहयोग गरेको छ । सरकार निर्माणपछि प्रचण्डले गठबन्धनका नेताहरुलाई सरकारमा सहभागि हुन भनेपनि सविधान संशोधन नभएसम्म सरकारमा नजाने अडान देखाइरहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..