» » संघीयताको विषयमा सरकारको दोहोरो चरित्र


काठमाडौँ, साउन २७ गते । एकातिर संघीयतामा त्रुटी छ भन्दै आन्दोलनकारीको मन जित्ने अर्को तिर सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचनाको बारेमा छलफल गराउने कार्यले सरकार दोहोर चरित्रको रहेको कुरा पुष्टि भएको छ ।

मधेशी मोर्चा तथा संघीय गठबन्धनसँग छलफल गर्दा माओवादी र काँग्रेसले गाउँ पालिका तथा नागरपालिका पुनः संरचनाका लागि भइरहेको सम्पूर्ण कार्य रोक्ने सहमति गरेको थिया े। संघीयताको सिमांकन विवाद टुगों नलागेसम्म त्यससँग सम्बन्धित कुनै पनि कार्यक्रम नगर्ने प्रतिवद्धता जनाएका सात दिन पनि भएको छैन तर राज्यले संघीयता कार्यान्वयनका लागि भित्रभित्र सबै काम भइरहेको खुलासा भएको छ ।

आजै सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचना समन्वय समितिको निर्णयअनुसार प्रशासन पुनःसंरचनासम्बन्धी खाका तर्जुमा गरी पेस गर्न गठिात समूहगत कार्यदलहरुबाट हालसम्म सम्पादित कार्यप्रगतिबारे आज समीक्षा गरिएको छ ।

मुख्य सचिव डा सोमलाल सुवेदीको उपस्थितिमा कार्यदलको आज बसेको समीक्षा बैठकमा कार्यदलका लागि स्वीकृत कार्यादेश र विषयगत समूहका लागि यही साउन १६ गते दिइएको २५ बुँदे निर्देशनबारे थप प्रस्ट पारिएको थियो ।

सो अवसरमा मुख्य सचिव डा सुवेदीले संविधानको प्रावधान, मर्म र भावना तथा स्वीकृत कार्यविधिअनुरुप अझ प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव र पाँचवटै समूहगत कार्यदलका सहसचिवको सहभागिता रहेको बैठकमा समूहगत कार्यदल व्यवस्थापन तथा समन्वय समितिका संयोजक प्रधानमन्त्री कार्यालयका सचिव चन्द्रकुमार घिमिरेले सहभागीबाट उठाइएका जिज्ञासाबारे प्रस्ट पार्नुभएको थियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..