» » महेन्द्र यादवले भन्नुभयो, ढुक्क रहनुस् सविधान संशोधन हुन्छ



काठमाडौ, साउन ३२ गते । तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले एमालेले पनि संविधान संशोधनमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । एमाले जिम्मेवार पार्टी हो, संविधान संशोधन गर्ने कुरामा उसले सहयोग गर्छ, हामीलाई विश्वास नरहेको बताउनु भयो ।

मधेशी मोर्चाले अघि सारेका मुद्दाहरु सम्बोधन गर्न दलहरुवीच सहमति र वार्ताको आवश्यक रहेको उहाँको तर्क थियो । आफूहरुले उठाएका मुद्दालाई राष्ट्रिय मुद्दाको रुपमा सबैले ग्रहण गर्नुपर्ने यादवको भनाई थियो । यादवले आफूहरुलाई कसैलेपनि राष्ट्रवादको पाठ पढाउन नखोजे हुन्छ भन्दै चेतावनी दिए ।
पूर्व सञ्चरमन्त्री शेरधन राईले मधेशी मोर्चाले भनेजस्तो सजिलै संविधान संशोधन हुनै नसक्ने चेतावनी दिनुभयो । उहाँले संविधान संशोधनको औचित्यपुर्ण कारणसहित सहमति भएमात्रै एमालेले विचार गर्ने स्पष्ट पारे । उनले भने,‘यो धर्तीमा एमाले पनि छ, हामी जिउँदै छौं ।’

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..