» » जीप दुर्घटनामा चारको मृत्यु


नवलपरासी, साउन ३२ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट–४ दाउन्नेमा आज जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

दुर्घटनामा परी नवलपरासी शुक्रैली–८ का २८ वर्षीय जिप चालक सुधाखर पाण्डे, नवलपरासी सरावलका २५ वर्षीय चनमति थारु, सोही ठाउँका २० वर्षीया चेतकुमारी थारु र भारतको उत्तर प्रदेश महराजगन्ज धरमपुरका २७ वर्षीय चिन्तु सहानीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेको स्थानीय दाउन्नेदेवी पोलिक्लिनिक बर्दघाट र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर सो दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज १३१७ नं जिप सडक किनारामा पल्टिदाँ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..