» » प्रचण्ड सरकारले मधेशमाथि यसरी गर्दैछन् विभेद


काठमाडौ साउन २३ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सहयोगमा बनेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार कति समावेशी छ भने कुरा यसले पुष्टि गरेको छ ।

सरकारले अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा विभिन्न युवा तथा संगठनहरुलाई राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित गर्दैछन् तर त्यसमा एकजना पनि मधेशी परेको छैन ।

जनही एकलाख रुपियाँ पाउने सो पुरस्कार १० जनाले पाएका छन् । साउन २८ गते वितरण हुने सो पुरस्कार पाउनेहरु धुर्मुस् सुन्तली फाउण्डेशन, पैंचो पसल प्रा.ली गुल्मी, डा.राजु अधिकारी, अमिर लामा, शिव परियार, लोचन वस्नेत, फूलमाया तामागं, दिपक तिमल्सिना, कालोपोथी चलचित्रका कलाकार र डा.सुमन सत्यालले रहेका छन् ।

स्रोत भन्छन्, यो निर्णय यसअघिका सरकारले गरेका थिए । तर यसअघिका सरकारले निर्णय गरेपनि अहिलेको सरकारले त्यसलाई संशोधन गर्न सकिन्थ्यो । जब कि त्यसबेला सप्तरीका सत्यनारायण मण्डल नै मन्त्री थिए । 

नियुक्त भइसकेका राजदूतको निर्णय उल्टाउन सकिने यो सरकारले यो पुरस्कारलाई किन सच्याउन सकेन भनि टिप्पणी भइरहेको छ ।

यो पुरस्कार युवा तथा खेलकुद मन्त्रालयले छनौट गरेको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..