» » मधेशी मोर्चासँग सात बुँदे सहमतिः संघीयताको बारेमा अस्पष्ट


काठमाडौ साउन १८ गते । संयुक्त लोकतान्त्रिक मधेशी माोर्चा र नेपाली काँग्रेस तथा माओवादी केन्द्र बीचमा सात बुँदे सहमति भएका छ । अरु राजनीतिक सहमति मन्त्रीपरिषद्बाट टुगों लगाउन निर्णय भएपनि संघीयताको बारेमा ठोस र स्पष्ट कुनै सहमति भएको छैन ।

यद्यपी सात बुँदे फाइनल भएको छैन । तयार भएको ड्राफमा सहमति गरी मधेशी मोर्चाले प्रधानमन्त्रीको चुनावमा मतदान गर्ने सहमत भएको बैठकमा सहभागि एक नेताले बताउनु भयो ।

राजनीतिक सहमतिको आधारमा प्रदेशको सिमांकन महिलाले वैवाहिक अंगिकृत नागरिकता सरलतापूर्वक प्राप्त गर्ने व्यवस्था, राष्ट्रिय सभाको बनौट र समानुपातिक समावेशीता लगायत विषय सम्बोधन गर्न नेपालको सविधानमा आवश्यक संशोधन गरी सविधानको सबै स्वीकार्यकताको वातावरण बनाउने र यसका लागि आगमी सकरारको गठन पश्चात सवाद गरि सरकारले सविधान संशोधन विधेयक व्यवस्थापिका संसद प्रस्तुत गर्ने त्रिपक्षीय सहमति भएको छ ।

सहिद घोषणा गर्ने, पीडितलाई क्षतिपूर्ति दिने, निशुल्क उपचार गराउने राहत प्रदान, मुदा खारेज गर्ने, फिर्ता लिने र बन्दी रिहाय गर्ने सहमति भएको छ । आन्दोलनको बारेमा सत्य तथ्य छानविन गर्न आयोग बनाउने, तथा भूकम्प पीडित तथा बाढी पीडितलाई क्षतिपूति र राहत प्रदान गर्ने सहमतिमा उल्लेख छ । १९ गते हुने प्रधानमन्त्री चुनावमा मधेशी मोर्चाले भाग लिने सहमतिपत्रमा उल्लेख गरीएको छ ।

फोटोः रातोपाटीबाट

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..