» » मधेशी मोर्चा र काँग्रेस, माओवादीबीच भएको तीन बुँदे सम्झौता यस्तो छ


नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा/संघीय गठबन्धनबचि सम्पन्न 

सहमतिपत्र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनार्थ भएका सबै आन्दोलन, संघर्ष र अभियानलाई सम्मानपूर्वक स्मरण गर्दै बाढी, पहिरो र विनाशकारी भूकम्पबाट उत्पन्न समस्याको निराकरण गर्न र जनजीविकासँग जोर्डिका समस्या समाधान गरी देशलाई शान्ति स्थिरता, आर्थिक उन्नति एवम् विकासतर्फ अग्रसर गर्न प्रतिबद्धता व्यक्त गर्दै निम्नलिखित सहमति गर्दछौं 

१. संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा÷संघीय गठबन्धनले नेपाल सरकार समक्ष प्रस्तुत गरेका मागहरु मध्ये संविधानसँग सम्बन्धित रहेका विषयहरुमा सहमतिका आधारमा सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदमा प्रस्तुत गर्ने । 

२. सरकार गठन भएलगत्रै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा/संघीय गठबन्धनको आन्दोलनको क्रममा तराई मधेसमा भएका सिंसा, हत्या आगजनी, तोडफोडलगायतका घटनाहरुबारे सत्य तग्य छानबिन गरी प्रतिवेदन पेश गर्न सरकारले पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने । उक्त आन्दोलनका क्रममा बलिदान भएकाहरुलाई उच्च सम्मान गर्न शहिद घोषणा गर्ने र पीडित परिवारलाई ससम्मान आर्थिक सहयोग उपलब्ध गराउने । अपांग भएकाहरुलाई क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरुका हरुको सम्पूर्ण उपचार खर्च बेहोर्ने ।र गिरफतार गरिएकाहरुलाई बिना शर्त रिहाई गरिने र लगाइएका मुद्दाहरु सरकारले खारेज गर्ने तथा फिर्ता गर्ने 

३ आगामी सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुसार व्यवस्थापिका संसदमा वि.सं २०७३ साउन १९ गते हुने प्रधानमन्त्रीको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष माननिय पुष्पकमल दाहाल प्रचण्डको पक्षमा मतदान गर्ने । 


                                                                    मितिः२०७३–०४–१९ 


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..