» » प्रकाश घिमिेर नेविसंघको सहमहामन्त्री उम्मेदवार


कपिलवस्तु साउन २० गते । नेपाल बिद्यार्थी संघका आसन्न ११ औं महाधिबेशनमा प्रदेश नम्बर ५ बाट कपिलवस्तुका युवा बिद्यार्थी नेता प्रकाश घिमिरेले सह–महामन्त्री पदमा उम्मेदबारी दिने घोषणा गर्नुभएको छ ।

 बि.स. २०५६ सालमा स्कुल ईकाई हुदै नेविसंघमा जोडिएका घिमिरेको स्ववियु सचिव, नेबिसंघ जिल्ला सहसचिव, जिल्ला सचिव हुँदै जिल्ला सभापति पद सम्हालेको अनुभव उहाँसँग छ ।

घिमिरेले नेपाली काँग्रेस पार्टीको स्तम्भको रुपमा लिईने नेपाल बिद्यार्थी संघको जिल्ला सभापति सम्हालेको ९ वर्षे ईतिहास बोकेका छन् ।

बैचारिक बिद्यार्थी राजनितीमा खारिएकाहरु नै भोलीका दिनमा पार्टी मेरुदण्ड बन्ने मान्यतामा अडिग रहेका उहाँ नेबिसंघमा लाग्ने बिद्यार्थीसँग अनेकौ सम्भावना रहेको देख्दछन् ।

तर संगठनमा पछिल्लो १० वर्ष यता निर्वाचन हुन नसक्दा पार्टी संगठनलाई नै दीर्घकालिन प्रभाव परेसँगै अधिकाँस युवा पुस्ताको राजनैतिक भविष्य अन्यौलमा परेको उहाँको ठम्याई छ ।

प्रतिगमन बिरुद्धको आन्दोलन सगै ६२÷६३ को दोस्रो जन आन्दोलनमा अगुवाई गरेको अनुभव उहाँसँग छ ।

आन्दोलनका बेला प्रहरी प्रशासनबाट मानसिक यातना खेपेका उहाँले सोही कारण समेत आफनो आत्मबल बढेको बताउँछन् ।

जिल्लाको पार्टी राजनिती र सामाजिक क्षेत्रमा समेत उर्जाशिल र श्रजनशिल युवाको छबी बनाएका घिमिरे अबको नेबिसंघलाई बलियो बनाउनका लागी बैचारिक प्रशिक्षण संगै कार्ययोजना निर्माण गरि युवा बिद्यार्थीको दक्षता अभिबृद्धि गर्ने पक्षमा लाग्नु पर्ने आवश्यकता देख्नु हुन्छ  ।

अबको सम्पुर्ण शिक्षा प्रणालीलाई लैगिंकमैत्री र बालमैत्री बनाउनुका साथै सो अनुकुलका भौतिक संरचना निर्माण गर्ने कार्यका लागी निती निर्माणमा दबाव दिन सकिए बालबालिका बिधालय जाने दर बढाउन र बालिकाले बिद्यालय छोडने दर घटाउन सकिने उहाँको तर्क छ ।

पार्टी र नेविसंघले लोकतन्त्रको मुल्य मान्यतालाई आत्मसात गर्दै आएकाले निर्वाचन लोकतान्त्रिक प्रकिया भएकाले आफु उम्मेदवार भए पनि आउने नतिजालाई सहश्र स्विकार गर्न उनी तयार रहेको बताउनुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..