» » माग पूरा नभए मधेशी मोर्चाले समर्थन फिर्ता लिने


काठमाडौ साउन २८ गते । तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले तीन महिनाभित्र मधेशको माग पूरा नगरे सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिनुभएको छ ।

जब जब सरकारको निर्माण, वा ढाल्न आवश्यकता पर्छ तब तब यी तीन ठूला दलले यस्तै यस्तै गुलिया कुरा गरेर मधेशवादीको समर्थन लिने गरेका छन् तर जब उनीहरुको गर्जो टर्छ अनि टेरपुच्छर लाउन छाड्छ, उहाँले भन्नुभयो, सात दिनमा माग कार्यान्वयन गर्ने मन्त्रीपरिषद्को निर्णयको अझै केही भएको छैन, यसअघि पनि केपी ओलीको सरकार पनि यस्तै निर्णय गरेको थियो तर कार्यान्वयन भएन ।

केपी ओलीभन्दा काँग्रेस र माओवादीमाथि अलि विश्वास लागेर हामीले विश्वास गरि समर्थन गरेका छौ, तीन महिनासम्म हामी हेर्छौ, तीन बुँदे मागको कार्यान्वयन भएन भने समर्थन फिर्ता लिन्छौ, उहाँले भन्नुभयो ।

सरकारको बारेमा जिज्ञासा राख्दा उहाँले त्यसको बारेमा आफूहरुले केही पनि नसोचेको प्रतिकृया दिनुभयो । उहाँले भन्नुभयो, हामीले पटक पटक सरकारमा नजाने कुरा गरेका छौंं तर मिडियाले जवर्जस्ती सरकारसँग जोडेर प्रचार गरेका छन् जब कि सत्य त्यो होइन । हामीले प्रष्टसँग भनिसकेका छौ कि सविधान संशोधन नभएसम्म सरकारमा जाँदैन । सविधान संशोधन भएपछि त्यसको बारेमा विचार गर्नेछौ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..