» » कतारमा मृत्यु भएका चौधरीले पाए ५८ लाख रुपियाँ क्षतिपूर्ति


चितवन, साउन १८ गते । वैदेशिक रोजगारीका सिलसिलामा कतारमा मृत्यु भएका पूर्वी चितवनका धनेश्वर चौधरीको परिवारलाई कतारस्थित काम गर्ने कम्पनीबाट पठाइएको राहत रकम हस्तान्तरण गरिएको छ ।

प्रजिअ विनोदप्रकाश सिंहले चौधरीकी श्रीमती विसमतीलाई राहतस्वरुप कम्पनीले पठाएको ५८ लाख आठ हजार ४६५ रुपियाँ बराबरको चेक आज हस्तान्तरण गर्नुभयो ।

पूर्वी चितवनको भण्डारा निवासी चौधरी फर्निचरको कामका लागि विसं २०६९ मा कतार गएका थिए । रोजगारीका सिलसिलामा कतार पुगेका उनको सडक दुर्घटनामा परी २०७० वैशाख २९ गते निधन भएको थियो ।
निधन भएको तीन वर्षपछि जिल्ला प्रशासन कार्यालयको खातामा आएको सो रकम परिवारलाई बुझाइएको हो । चौधरीको परिवारमा अहिले आमा, श्रीमती र एक छोरी छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..