» » सम्झौतामा हस्ताक्षर नगरि पनि प्रचण्डले पाए मधेशी मोर्चाको समर्थन


काठमाडौ साउन १८ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठबन्धनले सम्झौतामा हस्ताक्षर नगरि प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समर्थन गरेको छ ।

आज ९ बजेदेखि संसद भवनमा बसेको त्रिपक्षीय बैठकमा सात बुँदे सहमति भएपनि त्यसमा हस्ताक्षर नै नगरिकन प्रचण्डले प्रधानमन्त्रीका लागि दिएको उम्मेदवारीमा समर्थन गरेको छ । यस्तो हतार किन जब कि उम्मेदवारी दिने समय चार वजेसम्मका लागि तय थियो ।

सहमति गरेर हस्ताक्षर गरि पनि उम्मेदवार दिँदा हुन्थ्यो तर ११ बज्ने वित्तिकै उम्मेदवारी दिन जानु पर्छ भन्दै छलफल र बैठक छाडेर नेताहरु उम्मेदवारी जानु भएको थियो । मानौ ११ बजे हस्ताक्षर नगरेको भए सायद अरु कोही उम्मेदवारी दिएर प्रधानमन्त्री बन्थ्यो ।
संयोगपनि कस्तो प्रचण्डका समर्थकमा उपेन्द्र यादवलगायतका मधेशीवादी दलका नेताहरुले हाँस्दा हाँस्दै हस्ताक्षर गर्नुभएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..