» » बालुवा झिक्दै गर्दा ट्याक्टर नियन्त्रणमा


भैरहवा, साउन १४ गते । बालुवा तस्कर गरिरहेको सूचना पाएपछि  इलाका प्रहरी कार्यालय छपिया रुपन्देहीले आज सौफर्साटिकर गाविसको  सखुवानी बाट बालुवा निकाल्दै गर्दा दुईवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । ती ट्याक्टरहरु तिनाउ नदीबाट बालुवा झिकिरहेका थियो ।
  ना ४ त ३५०६ र लु २ त ३१४२ नं. को ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जिल्ला विकास समितिमा पठाएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।  
  जिल्लामा रोडा ढुंगाको बिक्री वितरण बन्द भएपछि उपभोक्ताहरु महंगो मूल्य तिरेर गिट्टी बालुवा किन्न बाध्य छन् । सप्लायर्सका नाममा खुलेआम कालोबजारी गर्दा पनि स्थानीय प्रशासन भने मौन छ । रुपन्देहीमा रहेका ३२ वटा क्रसर उद्योगहरुमा अहिले २ लाख घन मिटर उत्पादित गिटी बालुवा ४ महिनालाई पुग्ने स्टक छ । तर क्रसर उद्योग बन्द हुँदा त्यसको फाइदा सबै सप्लायर्सले लिएका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..