» » उपेन्द्र यादवले भन्नुभयो, कालिपुजापछि आन्दोलनको आँधिवेहरी ल्याउने

सप्तरी भदौं ५ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कालिको पुजा गरेर अर्को चरणको आन्दोलन शुरु गर्ने बताउनु भएको छ ।

सप्तरीको भारदहमा आयोजित कार्यक्रम उहाँले प्रचण्ड नेतृत्वको सरकारलाई यो बीचमा केही गर्ने मौका दिएको छ, सहमति अनुसार गर्न सक्यो भने आउने ठिकै छ नभए दशैको कालिपुजा पछि आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिनुभयो ।

आन्दोलन रोकिएको छैन, राजधानी लगायत देशका विभिन्न ठाउँमा आन्दोलन भइरहेको छ, उहाँले भन्नुभयो, आन्दोलन जारी छ, आन्दोलनको व्यापक तयारी भइरहकेो छ माग पूरा भएन पुनः आन्दोलन हुन्छ ।

वार्ताका वातावरण बनाउनका लागि सहिद घोषणा गर्ने, क्षतिपूर्ती दिने, आयोग गठन गर्ने काम भएको छ तर मुख्य मागमा प्रवेश नगरेका कारणले अहिले नै विश्वास गर्ने अवस्था नरहेको उहाँले बताउनु भयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..