» » रिजवान अन्सारीको मोर्चाले निकालेको विज्ञप्ति


विगतलामो समयदेखि नेपाली जनताले शोषण,उत्पीडन र विभेदको विरोधगर्दै पटक पटकसंघर्ष गदैं आएको र सो संघर्षहरुलाई सत्ता पक्षबाट धोका हुँदै आएको छ ।

 पहिलो संविधान सभाको विघटनका साथै आरम्भ गरेको पश्चगामी दिशामा मुलुकलाई तत्कालीन संविधान सभाका ठूला दलहरु काङ्ग्रेस, एमाले, माओवादी केन्द्रलगायतकादलहरु लागे, त्यसैको परिणाम स्वरुप दोस्रो संविधान सभाबाट विभेदकारी संविधान जारी हुन पुगेको हो ।

यो संविधानको विरुद्धमा रहको दावी गर्दै बिगत एक वर्षदेखिगर्दै आईरहेको मधेश आन्दोलनलाई सत्ताको लागि संयुक्त लोकतान्त्रित मधेशी मोर्चा र संघिय गठबन्धनले राज्यसंग सम्झौता गरी अधिकारबाट बन्चित गरी आन्दोलनरत जनताको भावनामाथि कुठाराघात गर्दै आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहिदहरुको रगतमाथि टेकेर सत्तारोहण गरी आन्दोलनविषर्जन गरेका छन् ।

पाँच दर्जन मधेशीको शहादतलाई मोर्चाले सत्ताको लागि नेपाली काङग्रेस र माओवादी केन्द्र समक्ष आत्म समर्पणगरी मधेशी जनताको भावनामा चोट पु¥याएर गद्दारीको एतिहासिक नमुना प्रस्तुत गरेको छ ।

बिगतमा सुशिल कोइरालालाई प्रधानमन्त्री बनाउन संसदमा मतदान गरेको मोर्चाले मधेशी जनताको लाश माथि टेकेर उत्पीडन र विभेदमा परेका सबै वर्ग, समुदाय, जातजातीहरुलाई अधिकारबाट बन्चित राख्ने षडयन्त्र रचेको छ । मोर्चाका सत्ता लिप्सावादीहरुमा आत्म समर्पण र विसर्जनवादी चरित्र हावी रहेकोले मधेशको माग र जनताको चाहना मोर्चाले पुरा गराउन नसक्ने हाम्रो ठहर रहेको छ ।

तसर्थ विभेद,उत्पीडन र अत्याचार विरुधको संघर्षलाई हामी तपसिलमा उल्लेखित दल तथा पक्षले आगाडी बढाउने प्रतिबद्धता गर्दछौं र यसको लागि विभेद र उत्पीडनमा रहेका सम्पूर्ण जनता एवम् अधिकारकामीहरुलाई संघर्षको लागि तयार रहन अहवान गर्दछौ ।
संघीय नव विचार समूह— संयोजक — रिजवान अंसारी
लोक दल — अध्यक्ष — कौशल कुमार सिंह
नेपाल कम्युनिष्ट पार्टी— अध्यक्ष — ऋषिराम कट्टेल
नेकपा (संयुक्त माक्र्सवादी)— महासचिव — प्रकाश अधिकारी
बहुजन समाज पार्टी नेपाल — अध्यक्ष — गंगा महरा
आम आदमी पार्टी नेपाल — अध्यक्ष — अशोक कुमार यादव
मधेशी जनता पाटी — उपाध्यक्ष —सुनिल प्र। गुप्ता
नेपाल लोकतान्त्रिक जनता काङ्ग्रेस पाटी — उपाध्यक्ष —हरि बहादुर बि।सी
मधेश बिकास तथा संरक्षण मंच नेपाल— अध्यक्ष —धर्मेन्द्र यादव
नेपाल पिछडावर्ग (OBC) महासंघ— कोषाध्यक्ष —इन्दिरा साह
मधेशी यूथ फोर्स — अध्यक्ष — राजाराम यादव मधेशी

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..