» » मधेशी मोर्चालाई सरकारमा ल्याउने बारे प्रचण्ड र देउवाबीच छलफल


काठमाडौँ, साउन २२ गते । सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेतृत्वबीच आन्दोलनरत मधेसवादी दलबीच भएका तीनबुँदे सहमति कार्यान्वयनसँग ती दलहरुलाई सरकारमा ल्याउने  विषयमा कुराकानी भएको छ ।

काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज बिहान ती विषयमा कुराकानी भएको थियो । सभापति देउवाका निजी सचिव भानु देउवाका अनुसार  प्रधानमन्त्री दाहाल आज बिहान सभापति देउवालाई भेट्न देउवा निवास बूढानीलकण्ठ पुग्नुभएको थियो ।

“पछिल्लो राजनीतिक अवस्था, मन्त्रिमण्डल विस्तार, संविधान कार्यान्वयन र आन्दोलनरत मधेसवादी दलका बीच भएका तीनबुँदे सहमति कार्यान्वयन विषयमा उहाँहरुले बातचित गर्नुभयो ।” निजी सचिव देउवाले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले मधेशवादी दलले उठाउँदै आएको माग सम्बोधन हुने क्रम जारी रहेकाले सरकारप्रति मधेशवादी दल सकारात्मक हुँदै गइरहेको र उनीहरुलाई सरकारमा ल्याउने विषयमा पनि कुराकानी भइरहेको जानकारी देउवालाई गराउनु भएको प्रधानमन्त्रीका नीजि सचिव जोखबहादुर महाराले जानकारी गराउनु भयो ।
काँग्रेस र माओवादी केन्द्र तथा आन्दोलनरत मधेसवादी दलका बीच भएका तीनबुँदे सहमति कार्यान्वयन गर्न मन्त्रिपरिषद्को शुक्रबार बैठकले विभिन्न निर्णय समेत गरिसकेको छ ।

यद्यपी मधेशी मोर्चाका एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारमा जाने नजाने विषयमा सरकारी पक्षसँग कुनै प्रकारको कुराकानी नभएको बताउनुभयो ।

मधेशको माग पूरा गर्ला भन्ने विषयमा यझै पनि शंका छ, यसअघि पनि सरकारले यस्ता निर्णयहरु गरेका हुन् तर कार्यान्वयन भएको थिएन, अहिले केही निर्णय गरेका छन्, हेरौं भोली गएर कसरी कार्यान्वयन हुन्छ, उहाँले भन्नुभयो, निर्णय सकारात्मक हो तर कार्यान्वयनका लागि पर्खिनुपर्छ ।’

सविधान संशोधन नभएसम्म सरकारमा जाने बारे कल्पनासम्म गर्न सकिदैन, उहाँले भन्नुभयो, अहिले पनि मधेशी जनता बडो शंकाले हामीलाई हेरिरहेका छन् । सविधान संशोधन प्रस्ताव लगेर मात्र हुँदैन, त्यो पास पनि हुनुपर्छ । पास भए मात्र सरकारको बारेमा केही निर्णय हुन्छ । यदि त्यसअघि प्रधानमन्त्री प्रचण्ड अथाव देउवाजीले सरकारमा ल्याउने बारेमा यदि कुरा गरिरहनु भएको छ त्यो गलत हो ।’

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..