» » उपेन्द्र, राजेन्द्र र महन्थलाई प्रश्न


-योगेन्द्र राय यादव
तमलोपाको केन्द्रीय कार्यसमितिको नामावली सार्वजनिकरणले आजकल मधेशको राजनीति वृतमा ठूलो तरंग उत्पन्न भएका छन् । कतिपय साथीले फोन गरि तमलोपाभित्रका राजनीतिक अभ्यास लगायत अन्य सकारात्मक र नकारात्मक पक्षका बारेमा राम्रोै तर्कबितर्क पनि गरे तर ती सारा कुरालाई म आफ्नो क्षेत्राधिकारको कुरा नभाको ठानेर इग्नोर गर्दै गए ।

किनकी म अन्य पार्टीमा लागेका र रामदुत हनुमान जस्तो रही अर्काका लागि हनुमानरुपी काम गर्ने पात्रले अर्काको कुरा काटन मिल्छ या मिल्दैन भन्ने असमंजसमा परे । तर पनि तमलोपा भनेको पार्टी मात्रै नभई एउटा अन्य अभिभावक जस्तै मधेशका महत्वपूर्ण जिम्मेवार अभिभावक रहेको नाताले मलाई नलेखि शान्तसँग बस्न दिएन र अन्ततः केही लेखि हालौ लाग्यो ।

 मेरो बुझाईमा वर्तमान अवस्थामा केन्द्रीय समितिको गठनले उत्पन्न भएका समस्या तमलोपाको मात्रै होईन, कमोबेश मधेशमा क्रियाशील सम्पूर्ण प्रमुख दल र उसका नेतृत्व पंक्तिका रहेका छन् । नेतृत्व पंक्तिका संकीर्णता , निर्णय गर्नेका परनिर्भरता, जातिय सोचका साथ जातिवाद, परिवारवाद, नातावादको कारणले गर्दा मधेशका राजनीतिक अवस्था लगातार खस्किदै छ । काम गर्ने र बहस चलाउने बिचार बोकेका पात्रको बिकल्पमा हनुमानरुपी पात्र खडा गरेर क्षमतावान पात्रलाई पाखा लगाउने काम प्राय गरि मधेश राजनीतिकमा दह्यो जडा गाडेको छ ।

विकल्प खोज्ने र भएसम्म आफ्नो जातकालाई प्राथमिकता दिई अवसर दिने परिपाटीको विकासक्रमले नेतृत्व र हनुमानरुपी पात्रको स्वार्थ त पूरा हुनसक्छ तर दीर्घकालीन रुपमा मधेशको लागि हितकर हुन सक्दैन ।

मधेशी दलमा क्रियाशील युवा र सचेत वर्गले पनि यसको बिरोधमा नत बहस चलाएका छन न आन्तरिकरुपमा कार्यनीति लिएका छन् । मधेशका राजनीतिकमा जातिय प्रभाव अवश्य रहन्छ यसमा काही मतमतान्तर छैन ।

किनकी मधेशको भूगोल पूर्ण रुपले भारतका ठुल्ला प्रदेश बिहार र उतरप्रदेशसँग प्रत्यक्षरुले जोडेका छन् जहाँ जातिय मतकै आधारमा सत्ताको निर्माण र ध्वस्त हुने गर्छन् ।

मधेशमा यसको प्रभाव हुनु पनि स्वभाविको हो किनकी मधेशका सम्वन्ध सीधे भारतका यी प्रान्तसँग रहेका छन् ।अतः मधेशका जातिय संरचनागत विश्लेषणले पनि राजनीतिक दल र त्यसका नेतृत्वलाई वाध्य पारेको छ । ६ कलस्टरमा विभाजित जातियसंरचना (फारवार्ड, मुस्लिम, यादव, बैश्य, थारु ,दलित) को नेतृत्वहरुलाई जबसम्म समायोजन हुदैन तबसम्म यी र यस्ता प्रश्नका जवाब न महन्थ न राजेन्द्र न उपेन्द्रसँग हुनेछ ।

म दावाका साथ लेख्दैछु कहाँ कोही लामो दाह्री पालेका र ब्यक्तित्व बोकेका मुस्लिम चेहरालाई अवसर दिईयो मधेशवादी दलमा जसलाई हेरेर मुस्लिम समुदाय तमलोपा, सदभावना, फोरममा आवोस , कहाँ कोही दलित चेहरालाई अवसर दियो जसको छायाँमा हुर्किन राम हजरा, पासवान, बैठाहरु महामहिम राजेन्द्र, महन्थ, उपेन्द्रको पछाडि लागोस् । कहाँ छ कोही ती लडाकु राजपुत विरादरीका नेता जसको कारणले आकर्षित भएर गजेन्द्रवावुको लिगेसी बोकेका सदभावनामा सम्पुर्ण राजपुत समुदाय आवोस र संगै काम गरोस ।

यस्ता यथावत र अनुतरोक्ति प्रश्नहरु मधेशी दलका नेतृत्वसँग यथावत रहेका छन् । फगतः महन्थका तमलोपाले मात्र उपल्लो जातका लिगेशी , उपेन्द्रका फोरमले यादवको, गच्छादारको लोकतान्तत्रिक फोरम थारुको र राजेन्द्र को सदभावनाले बैश्यको ,बाँकीहरुको बिशेषता र आलोचना अन्धयारो कोठामा अलमलमा परेका निष्कर्ष आम जनताका रहेका छन् ।

मैले लेखेका तथ्य कडवा हुनसक्छ उपेन्द्, राजेन्द्र, महन्थहरुका लागि तर जिरो ग्राउण्डका आमजनता र बुद्धिजीवीहरुको वर्तमान निष्कर्ष यही रहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..