» » फिल्मी शैलीमा रेलको छत काटेर चोरी भयो करौडो रकम


काठमाडौं २६ गते । भारतको तमिलनाडुमा गुडिरहेको एक रेलमा फिल्मी शैलीबाट चोरी भएको छ । डाँकाहरुले गुडिरहेको रेलको छत काटेर करोडौं रुपैयाँ चोरेका छन् ।

रिजर्भ बैंक अफ इण्डियाले सो रेलमार्फत् ३४० करोड रुपैयाँ सलेमबाट चेन्नाइ पठाएको थियो । तर, डाँका समूहले रेलको छत काटेर बिच बाटोबाटै पाँच करोड रुपैयाँ चोरेर फरार भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

रिजर्भ बैंक अफ इण्डियाका अधिकारीहरुका अनुसार चेन्नाई पुगेर रेलबाट रकम झिक्न लाग्दा मात्रै पैसा चोरिएको थाहा भएको थियो । पैसा राखिएका २२६ पेटीहरुमध्ये चार पेटीहरु च्यातिएका र तोडफोड भएको पाइएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..