» » स्वराजबाट किन तर्सिनु भयो सिके राउत ?


काठमाडौ साउन १७ गते । नेपालबाट मधेशलाई अलग गर्ने अभियानमा लाग्नु भएका डा।सिके राउतले स्वराज शब्दबाट नै तर्सिन लागेको टिप्पणी भइरहेको छ ।
काठमाडौमा रहेका केही मधेशी युवाहरुले स्वराज फाउण्डेशन नामको संस्था (अहिले दर्ता नभएको) खोलेर समाजिक काम गर्न थालेपछि राउत तर्सिनु भएको हो  ।

फाउण्डेशनले बाढी पीडितका लागि रकम संकलन गरी सहयोग गर्न थालेपछि राउतलाई यो कुरा नपचेर उहाँले आफ्नो अधिकारीक फेसबुकमा लेखेर त्यसको विरोध गर्नुभएको छ र भन्नुभएको छ, ुस्वराज फाउन्डेशन नामक समूह अर्थ संकलनको कार्यमा संलग्न भएको कुरा प्रति हाम्रो ध्यानाकर्षण भएको छ, र धेरै शुभचिंतकहरुले यस बारेमा जिज्ञासा राख्नु भएको छ । हामी स्पष्ट पार्न चाहन्छौं कि स्वराज फाउन्डेशनको, डा। सि।के। राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धन वा मधेश आजादी आन्दोलनसँग कुनै सम्बन्ध छैन । कासिन्द्र यादव तथा बिकी यादवले केही समय अगाडि ूस्वराज फाउन्डेशनू बनाएको कुरा सामाजिक संजालबाट थाहा हुन आएको छ ।

डा. सी. के. राउतले पहिला पनि सचेत गराउनु भएको थियो कि मधेश राष्ट्रू, स्वराज जस्ता शब्दहरुको प्रयोग केही पार्टी वा व्यक्तिहरुद्वारा जनतालाई दिग्भ्रमित गर्न प्रयोग भइ राखेको छ, ।।।।तैपनि तिनीहरुले मधेश राष्ट् स्वराज जस्ता शब्द प्रयोग गर्नुको कारण के हो भन्ने जुन ब्राण्ड बजारमा धेरै चल्न थाल्छ, त्यही नामका धेरै डुप्लिकेट सामानहरु पनि निस्किन थाल्छन् ।’

फाउण्डेशनका सदस्य काशेन्द्र यादवसँग जिज्ञासा राख्दा उहाँले भन्नुभयो, म अहिले नै सिके राउतजीको प्रति कुनै टिप्पणी गर्न चाहन्न, यति मात्र भन्छु कि स्वराज फाउण्डेशन कुनै डुप्लीकेट संस्था होइन, सम्पूण देश खास गरि मधेशमा चेतना, विचारको स्थापनाका लागि  यो गठन भएको संस्था हो ।’

फेसबुकबाट मात्र संस्था चलाई रहनु भएका सिके राउतको लागि अवश्य यो संस्था चुनौति बन्न सक्छ किनभने यसले देशमा विखण्डन होइन, एकताको कुरा गर्नेछ, अधिकारको कुरा गर्नेछ, स्वराजकको कुरा गर्नेछ । सिके राउतभन्दा पहिला पनि यो स्वराज भने शब्द प्रयोगमा आइसकेका छन् । महत्मा गाँधीले नै स्वराजको नारा लगाएर आन्दोलन गर्नुभएको हो । उहाँले हिन्द स्वराज भने पुस्तक पनि लेख्नु भएको  छ ।

भारतको बालगंगाधर तिलकले पनि स्वराजको नारा लगाउनु भएको थियो र त्यसका लागि उहाँले आन्दोलन पनि गर्नुभएको छ, भने सिके राउतले कसरी आफ्नो स्वराज ओरिजनल र अर्काको डुप्लकेट भन्नु भएको हो । स्वराज फाउण्डेशनका एक सदस्यले प्रश्न गरे । यो सप्तरी बरमझियाको बुढो पसलको पेडा होइन, जो जुन नामले पनि बेच्न सक्छ । यो त एउटा विचार हो, सिद्धान्त हो जसले राम्रो काम गर्छ जसले जनताकको हितमा राम्रो गतिविधि गर्छन्, त्यसको लागि नै स्वराज हो भनि एक सदस्यले टिप्पणी गरे ।

सिके राउतले पनि कहिले के नाममा त कहिले के नाममा मधेशमा चन्दा उठाउनु भएको छ । आजसम्म त्यसको हिसाब छैन । उहाँले भन्नसक्नु हुन्छ कि त्यो पैसा कहाँ गयो । रिहायका लागि एक रुपियाँ भनेर मधेशमा लाखौ रकम उठाइएको थियो त्यो कहाँ गयो त्यसको हिसाब दिनसक्छ रु मुठी दान कार्यक्रमले पनि चन्दा उठाइएको थियो त्यो कहाँ छ कुन अवस्थामा छ त्यसको हिसाब पनि जनताले मागिरहेको आरोप सिके राउतमाथि छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..