» » अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘गठबन्धनका मागलाई प्राथमिकतामा राख्छौ ।’


काठमाडौँ, असार ३१ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सङ्घीय गठबन्धनले राखेका मागलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।

अनशनप्रति समर्थन जनाउन खुलामञ्च पुग्नुभएका अध्यक्ष दाहालले मुलुक नयाँ राजनीतिक रुपमा अगाडि बढेको सन्दर्भमा गठबन्धनको मागको सकारात्मक वार्ताबाट समाधान खोजिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली काँग्रेस र माओवादी केन्द्रबीच भएको सातबुँदे सम्झौताको बुँदा नं १ मा नै गठबन्धनको मागलाई सम्बोधन गरेका छौँ, सकारात्मक ढङ्गले वार्ता अगाडि बढाएर राजनीतिक समाधान खोजिन्छ ।”

सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादवले गठबन्धनले राखेको २६ बुँदे माग संविधानमा नसमेटिएसम्म तत्काल सरकारमा नजाने बताउनुभएको छ ।

स्वायत्त र अधिकारसम्पन्न प्रदेश हुनुपर्ने, सरकारी कामकाजमा बहुभाषी नीति लागू गर्नुपर्ने, जनसङ्ख्याका आधारमा प्रदेशको स्थान सङ्ख्या निर्धारण हुनुपर्ने लगायत माग राखी ३९ दिनसम्म बसेको रिले अनशनको आज समापन गर्दै संयोजक यादवले गठबन्धनले राखेको माग पूरा नभएसम्म आफूहरु सरकारमा नजाने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो आन्दोलनलाई हरेक क्षेत्रको व्यक्तिको समर्थन रहेकाले राज्यले समर्थन गर्नुपर्छ, यो आन्दोलन सम्बोधन नभए मुलुक हिंसातर्फ जान्छ ।”

कार्यक्रममा राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी, थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारु, तराई–मधेस सद्भावना पार्टी नेपालका वरिष्ठ नेता रामनरेश राय लगायतले सरकारले गठबन्धनको माग पूरा नगरेसम्म आन्दोलन नरोकिने स्पष्ट पार्नुभयो । अनशन गत जेठ २५ देखि सुरु भएको थियो ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..