» » पशुपालन सम्बन्धि २ दिने तालिम समपन्न


मनिष गुप्ता

कपिलवस्तु  असार २२ गते । शिवगडि गाँउ विकास समितिको सहयोग र आदिवासी जनजाति गाँउ  कमिटि शिवगडि को आयोजनामा कपिलववस्तु को शिवगडिमा दुई दिने पशुपालन सम्बन्धि तालिम हिजो सम्पन्न भएको छ ।

नेपालमा पशुपालन तर्फ कसैको ध्यान नगएको तर पशुपालनबाट  राम्रो व्यावसाय सन्चालन गर्न सकिने भएकोले सो तालिम सन्चालान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि को आसनवाट बोल्नु हुँदै शिवगडि गाविस सचिव शान्ति प्रसाद सुवेदिले  यस क्षेत्रका युवाहरु विदेश पलाएन हुनुभन्दा स्वदेश मै पशुपालन व्यावसाय अपनाउनु पर्न र राम्रो आम्दानि गर्न सक्ने बताउनु भयो ।

आदिवासी जनजाति गाउँ कमिटि अध्यक्ष उज्यलमान रोक्काको अध्यक्ष, गाविस सचिव शान्ति प्रसाद सुवेदि को प्रमुख आतिथ्यता रहेको थियो । अन्य अतिथिमा राजनिति दलका प्रतिनिधिहरुको सहभागिमा सम्पन्न भएको तालिममा ३० जनाको सहभागिता थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..