» » रमानन्द यादव नेपाल सरकारको सचिवमा नियुक्त


काठमाडौ असार २६ गते । सिचाई विभागका महानिर्देशक रमानन्द यादव नेपाल सरकारको सचिव पदमा बढुवा हुनुभएको छ । आज विहान बसेको मन्त्रीपरिषद्को बैठकबाट सचिव पदमा बढुवा गरेको छ ।

उहाँ यादव समुदायमध्येका पहिलो सचिव हुनुहुन्छ । काँग्रेस पार्टीले जल उत्पन्न प्रकोप नियन्त्रण विभागबाट हटाउनुको साथै मन्त्रालयमा पनि हेला गरेर राखेको थियो जब माआवादीका नेता एवं उमेश कुमार यादव सिचाई मन्त्री हुनु भयो, उहाँलाई सिचाई विभागको महानिर्देशक बनाउनु भयो । स्रोत भन्छ, रमानन्द यादवलाई सचिव बनाउनमा माओवादी पार्टी तथा सिचाई मन्त्री उमेश कुमार यादवको विशेष पहल थियो ।

सिफारिश भएका मध्ये रा.प.तृतिय द्धितिय श्रेणीमा सबैभन्दा सिनियर र फस्ट क्लास मा लोक सेवा आयोगको विज्ञापनका कारण सामान्यरुपमा दुई चार दिनका मात्र उहाँ अघिपछि हुनुहुन्थ्यो । उहाँको कार्यकुशलता, विगतमा गरेका कार्यको मूल्यांकनको आधारमा सचिव पदमा बढुवा गरेको छ । गोरखा दक्षिणबाहुन, प्रोत्साहित पुरस्कार, ग्रेडथप, उत्कृष्ट कार्यालय प्रमुखको रुपमा पनि सम्मानित भइसक्नु भएको छ ।

उहाँको प्रतिस्पर्धामा केशवध्वज अधिकार र दिनेश घिमिरे हुनुहुन्थ्यो । रमानन्द यादव जेठ २ गते २०७५ मा अवकाश प्राप्त गर्नुहुनेछ ।

२०४२ सालमा भाद्र १३ गतेदेखि सहायक इन्जिनियरमा जागिर शुरु गर्नुभएका रमानन्द यादव कृषि मन्त्रालयको एआरपी प्रोजेक्टमा रहेर मधेशका २२ जिल्लामा बिल्डिगं बनाउने काम गर्नुभएको थियो । २०४४ सालमा जलस्रोत मन्त्रालयमा आउनु भयो ।

२०४५ सलामा सुर्खेत सिचाई क्षेत्रिय निर्देशनालयमा जानु भयो । त्यसपछि बदिया जिल्ला सिचाई कार्यालय प्रमुख हुनुभयो त्यसपछि सुर्खेत सिचाई डिभिजन प्रमखुमा सात वर्षसम्म लगातार काम गर्नुभयो ।

त्यसपछि दांग, कपिलवस्तु, धनकुटा डिभिजनको पनि प्रमुख भएर काम गर्नुभयो । त्यसपछि उहाँ नारायणी सिचाई योजना वीरगञ्जको प्रमुख बन्नुभयो । बागमती सिचाई योजननाको प्रमुख समेत बनिसकेका यादव जलउत्पन्न प्रकोप नियन्त्रण विभागको पनि महानिर्देशक बन्नुभयो । काँग्रेसका एनपी साउद सिचाई मन्त्री भएपछि उहाँलाई मन्त्रालयमा ल्याएर थन्काएका थिए । पछि उमेश यादव सिचाई मन्त्री बनेपछि रमानन्द यादव सिचाई विभागका प्रमुख बन्नु भएको थियो र अहिले उहाँ सचिव बन्नुभयो ।

५६ वर्षीया रमानन्द यादव कपिलवस्तु जिल्ला बहादुरगञ्जका-१ का हुनुहुन्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..