» » राष्ट्रिय मधेश समाजवादी पार्टीमा सैयों कार्यकर्ता प्रवेश (हेर्नुस् २५ तस्विर)


काठमाडौ साउन ८ गते । राष्ट्रिय मधेश समाजवादी पार्टीमा आज विभिन्न दल त्यागेर नेता तथा कार्यकर्ताहरु प्रवेश गरेका छन् ।

प्रवेश गर्नु हुनेमा बिवेक गुरुङ, मुकुन्द रुपाखेति, दोर्जे तामाङ, विश्वास भण्डारी, हरि लामा, विस्नु भट्ट्रराई, प्रदीप जोशी, मिलन कटुवाल, पारुहाङ सुब्बा , सुमन अधिकारी, जीवन मगर, सन्तोष श्रेष्ठ, सुनिल थापा, असिम धमेला, सुमन तामाङ, मीन बलामा लगायतका छन् ।

उहाँहरुलाई  पार्टी अध्यक्ष शरतसिंह भण्डारी र वरिष्ठ नेता एवं संसदीय दलका नेता निर्जला राउतले अबिर र खादा ओढाइ पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा जगदिश्वर शाही, प्रचण्ड प्रधान ,दिनेश ताम्राकार ,महेश नेवा लगायत विभिन्न बुद्धिजीवी, ब्यापारी र समाजसेवीहरुको उपस्थिति थियो।

कार्यक्रममा पार्टीका उपाध्यक्षद्वय जैन्युल राइन र अजय शाही केन्द्रीय सदस्यहरु रमेश सिंह, बिशेश्वर यादव, गङ्गा महत, प्रदीप मन्डल, युवराज कटुबाल, रामजी श्रेष्ठ, सागर बि.क., सबर प्रजापति, युवा उपाध्यक्ष बिष्णु ढुंगाना, विद्यार्थी उपाध्यक्ष पंंकज देव लगायत दर्जनौं नेताहरूको उपस्थिति थियो ।
























About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..