» » सिरहामा महिला हिंसाका घटना ७१


सिरहा, असार २० गते ।  सिरहा जिल्लामा ६ महिनामा ७१ महिला हिंसाका घटनाहरु भएको महिला अधिकारको लागि काम गरिरहेको संस्था ओरेकले सार्वजानिक गरेको छ ।

वोक्सीका घटनाहरुमा कमि आएको भएपनि दाईजो प्रथा महिला हिंसाको प्रमुख कारण रहेको सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख रहेको छ ।

संचारकर्मीहरुसंगको अन्तरक्रियामा प्रतिवेदन सार्वजानिक गर्दै ओरेक सिरहाका संयोजक निलम यादव, महिला मानव अधिकार रक्षक देव कुमारी महरा र गंगा अधिकारीले यस्तो बताउनु भएको छ ।
घरेलु हिंसा २६, दाईजोको कारण ६, गाली गलौज १३, बालात्कारको प्रयास २ आत्महत्या २ बालविवाह १०, मानसिक यातना २ बालात्कार २, वैवाहिक बालात्कार १ बोक्सीको आरोप २ बहुविवाह ३ रहेको छ ।

महिला हिंसाको घटनाहरुलाई सुक्ष्म विश्लेषण गर्दा हरेक घटनाको पछाडि कुनै न कुनै रुपमा दाईजो जा्डिएको पाएको छ । दाईजो घटनुको त के दिन प्रतिदिन बढ्दो अवस्थामा रहेकोले यसको न्युनिकरणमा राजनीतिक दलहरु र प्रहरी प्रशासनको उदासिनता रहेको समेत पाएको महिला आधिकारकर्मीहरुको गुनासो छ ।

पाँच लाख भन्दा कममा त विहे नै हुदैन । इेन्जिनियर डाक्टरको माग २५ देखि ५० लाखसम्म पुगेको छ । दाईजो लिने दिनेहरुको भोज भतेरमा समेत प्रहरी प्रशासन र राजनीतिक दलहरुको उपस्थित रहेने गरेको छ ।

दाईजो रोक्न मधेश तराईका महिलाहरु स्वयम जागरुक्क भएर समाजिक आन्दोलनको तयारी गर्नुूपर्ने सुझावहरु समेत अन्तरक्रियामा व्यक्त भएका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..