» » भारतीय पक्षद्धारा भएको आक्रमणको युवा संघ द्धारा विरोध


काठमाडौँ, साउन १५ गते । युवा सङ्घ नेपालले सप्तरीको तिलाठीमा नेपालीमाथि भारतीय पक्षबाट भएको आक्रमणको विरोध गरेको छ ।

सङ्घका प्रवक्ता प्रभातविक्रम कटवालले जारी गरेको विज्ञप्तिमा राष्ट्रवादका विषयमा हिमाल, पहाड र तराईका नेपाली भारतीय विस्तारवादविरुद्ध एकजुट भएर लड्नुपर्ने उल्लेख गरिएको छ ।

उक्त घटनामा परी घाइते भएका नेपाली दाजुभाइलाई अविलम्ब उपचार र आवश्यक सहयोग उपलब्ध गराउन प्रशासनसँग सङ्घले माग गरेको छ ।

दशगजाको संवेनशीलता तथा अन्तर्राष्ट्रिय सीमासम्बन्धी मूल्य मान्यताको समेत विपक्षमा हुने गरी दशगजा क्षेत्र अतिक्रमण गरी नेपाली भूमि डुबानमा पर्ने गरी बाँध निर्माण कार्य गरेपछि सप्तरीवासीले बाँध निर्माण कार्यको डटेर प्रतिकार गरी असफल बनाइदिएका थिए ।

सङ्घले देशको कुनै पनि क्षेत्र वा निकायका जनताले सञ्चालन गरेको देशभक्तिपूर्ण तथा राष्ट्रिय स्वाधीनताको आन्दोलनमा यस अगाडिका वर्षहरुमा पनि नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न माग गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..