» » ३९ दिनको रिले अनसन


–केशव झा
सायदै यो संसारमा अनसनभन्दा अर्को कुनै शान्तिपूर्ण आन्दोलन होला । विभिन्न समयमा भएका अनसनले गर्दा विश्वमा धेरैलाई झुक्न बाध्य बनाएका उदाहरणहरु छन् । अंग्रेजको विरुद्धमा महात्मा गान्धीको सत्याग्रह होस् वा भ्रष्टाचारको विरुद्धमा अन्ना हजारेको अनसन होस् । यसको उदाहरण बडो आदरपूर्वक दिने गरेको छ । तर नेपालमै यस्तो अर्को उदाहरण पनि छ कि आमरण अनसनमा बस्दा बस्दै नन्दप्रसाद अधिकारीको ज्यान गइसकेको छ भने डा.गोविन्द केसीको पनि अनसन जारी नै छ ।

यता मधेशी, आदिवासी जनजातिहरु ३९ दिनसम्म काठमाडौको सहिद मञ्चमा रिले अनसन बस्यो । ३९ दिनसम्म अनसन बस्दा पनि सरकारले कुनै सुनुवाई गरेन । ३९ दिनमा ११ सयजनाले अनसन बसि सकेका छन् । त्यसमा झण्डै एकतिहाई महिलाको मात्र सहभागिता थियो । सम्पूर्ण रिले अनसनकारीमा एकतिहाई मधेशी, एकतिहाई आदिवासी जनजाति र बाँकी एकतिहाईमा अरुको सहभागिता हुन्थ्यो । कहिलेकाही त मधेशीभन्दा बढी आदिवासी जनजातिहरुको सहभागित बढी हुन्थ्यो ।

रिले अनसनमा बस्नका लागि हामीले कम्तीमा ३० जना र बढीमा ४० जना हुनुपर्ने व्यवस्थापन मिलाएका थियौं तर कहिले काही ५३ देखि ५५ जनासम्मको सहभागिता पुग्थ्यो । जुन क्षमताभन्दा, सोचेभन्दा बढी हुन्थ्यो । त्यसलाई फर्काउन मिल्दैन भन्दै व्यवस्था मिलाउथ्यौं तर त्यसलाई व्यवस्थापन गर्न गाह्रो हुन्थ्यो । बस्नुदेखि लिएर, जुस, खाजा, पानीलगायतका व्यवस्थामा अप्ठ्यारो हुन्थ्यो । कहिले काही मान्छे नै नआइ दिएर पनि समस्या हुन्थ्यो ।

असनमा बस्ने जिम्मेवारी पाएकाहरु समयमा आइ नदिँदा कति दिन त व्यवस्थापनका जिम्मेवारी पाएका साथीहरु नै अनसनमा बस्नु पथ्र्यो । फेरि रिले अनसन भनेको बसि सकेपछि उठ्न मिल्दैन । विहान ठिक सात बजेबाट शुरु हुने अनसनमा साथीहरु ८ र ९ बजे पनि आएका उदाहरणहरु छन् । कहिले काही मान्छे बढी भएर समस्या, कहिले काँही मान्छे नआइ दिएर समस्या । ढिलो आउने साथीहरुले कहिले के बहाना त कहिले के बहाना गर्नु हुन्थ्यो, त्यसलाई व्यवस्थापन गर्न गाह्रो हुन्थ्यो ।

आन्तरिक विवाद
३९ दिनको रिले अनसन भव्य रुपमा सफल भएपनि शुरुदेखि अन्त्यसम्म संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनबीचको आन्तरिक विवादले अनसन कार्यक्रमलाई नराम्री प्रभावमा पारेकै थियो । यद्यपी हामीले यसलाई विभिन्न कोणबाट सफल नै पार्यौं । नेपाल सद्भावना पार्टी र सद्भावना पार्टीले शुरुदेखि नै रिले अनसनमाथि प्रश्न चिन्ह खडा गरेका थिए । ती पार्टीका नेताहरुले यो रिले अनसन होइन, धर्ना हो भन्नुहुन्थ्यो । रिले अनसन त २४ घण्टाको हुन्छ यो त १२ घण्टाको मात्र हो पनि भन्नु हुन्थ्यो । यसले पनि अनसनमा प्रभाव पार्यो । गठबन्धनमा संयोजक को बन्ने विषय लिएर शुरुदेखि नै विवाद थियो । त्यसको असर सिधै अनसनकारीमा पथ्र्यो । उहाँहरुको मनोबलमा सिधै असर गथ्र्यो ।

विहानदेखि भोकै बस्ने, त्यस अवस्थामा विभिन्न विवादका कुराहरु उहाँहरुको कानमा पर्दा विचलित हुन्थ्यो तनाबमा आएको देखिन्थ्यो । त्यसपछि हामी व्यवस्थापनका साथीहरुले भनसुन गरेर शान्त पथ्र्यौ । अनसनलाई सबभन्दा बढी प्रभाव सरकारको चिठीले पार्यो । एक दिन त तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका मान्छेले अनसनस्थलमै आएर पत्र बुझाएको थियो ।

त्यो दिन अनसनमा खैलबैला नै मच्यो । खासगरि मधेशी साथीहरु भन्दा पनि आदिवासी जनजातिका साथीहरु निकै आतिनु हुन्थ्यो । मधेशी दलका साथीहरुमाथि उहाँहरुले विभिन्न शंका उपशंकाका भाव व्यक्त गर्नु हुन्थ्यो । हामीले विभिन्न तर्क र विचार दिएर उहाँहरुलाई चित्त बुझाउने काम गर्थे । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको पछिल्लो पत्रका आधारमा मधेशी मोर्चा वार्तामा जान्छ कि भनि चर्चा शुरु भएको थियो । मोर्चाका कतिपय नेताले त पत्र सकारात्मक हो वार्तामा जानु नै उपयुक्त हुने कुरा पनि गरेको थियो । त्यसको असर सिधै अनसनकारीमा परेको थियो ।

अनसनमा बसेका साथीहरु फेसबुक चलाउने, पत्रपत्रिका पढ्ने भएकाले त्यसमा आएका समाचार र टिप्पणीले कतिपयलाई विचलित बनाउथ्यो तर हामी त्यसलाई सम्हाल्थ्यौं । बोलभरोस दिएर अनसनमा सहभागि गराउथ्यौं ।

को को आए ?
जेठ २५ गते शुरु भएको रिले अनसनमा गठबन्धनमा रहेका दलहरुका सबै अध्यक्षहरु उद्घाटनमा सहभािग हुनुहुन्थ्यो । यद्यपी त्यो दिन तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, कुमार लिगंदेलको सहभागिता थिएन ।

उहाँहरु मध्ये अनिल झा र कुमार लिगंदेल पछि अनसनै बस्नुभयो भने महन्थ ठाकुर र राजेन्द्र महतो कहिल्यै आउनु भएन । शुरुमा राजेन्द्र महतोले आफ्ना कार्यकर्ता तथा नेताहरुलाई अनसनमा पठाउनु हुन्थ्यो तर कार्यक्रम सकिन १०–१५ दिन बाँकी रहँदा कार्यकर्ता र नेता पठाउन छाड्नु भएको थियो । असार १८ हो कि १९ ठ्याक्कै याद भएन । मंगलसिद्ध मानन्धरको श्रद्धाञ्जलीमा भाग लिन सहिद मञ्च पुग्नु भएको थियो । मैले नै उहाँलाई हात समातेर अनसनको मञ्चमा लगेका थिए ।

महन्थ ठाकुरको पार्टी महाधिवेशनपछि सक्रिय भएको छ । महन्थ ठाकुर आफै आउनु भएन । कुनै वरिष्ठ नेतालाई पनि नपठाए पनि उहाँको पार्टीबाट राम्रै सहभागिता रह्यो ।

उता नागरिक समाजका तर्फबाट दमननाथ ढुगांना, सुन्दरमणी दीक्षित, सिके लाल, पद्मरत्न तुलाधर, मल्ल के सुन्दर, दीपेन्द्र झा, तुलानाराण साह, धिरेन्द्र प्रेमर्षी, सोमत घिमिरे, सुवोध प्याकुरेल, सत्यमोहन जोशी, शेरबहादुर केसीलगायतका व्यक्तिहरु आएर पनि ऐक्यवद्धता जनाउनु भएको छ भने दलबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत सो दलका वरिष्ठ नेताहरु सबै आउनु भयो । त्यस्तै नकेपा माओवादी (क्रान्तकारी) का मोहन वैद्य, नयाँ शक्ति नेपालका डा.बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका मातृका यादव, भरत साह लगायतले पनि ऐक्यवद्धता जनाउनु भयो ।

आर्थिक अवस्था
३९ दिन लगभग १३ लाख ३० हजार रुपियाँभन्दा बढी खर्च भइसकेको छ । जुस र खाजामा झण्डै दैनिक १० हजार रुपियाँ खर्च हुने गरेको छ । त्यसपछि अनसनको व्यवस्थापनमा खटिएका स्वयंसेवको खाना, खाजामा दैनिक पाँचहजार रुपियाँ खर्च हुने गरेको थियो । अन्य यताउती खुद्रा खर्चहरु गरी जम्मा पाँचहजार गरी दैनिक लगभग २० हजार रुपियाँ खर्च हुन्छ । त्यस अलवा, टेन्ट र साउण्डको छुट्टै खर्च छ । शुरुमा बाँस किनेर आफ्नै साधनस्रोतले टेन्ट बनाएका थियौं तर पछि पानी पर्न थालेपछि केही टेन्टहरु भाडा पनि ल्यायौ । साउण्डका लागि दैनिक १० हजार भाडा तिर्नुपर्ने भन्यो । हामीले त्यसमा नसक्ने भयौं त्यसपछि एक लाख पचिस हजारमा आफ्नै साउण्ड किन्यौं । एकजना विरामीमा हालसम्म अढाई लाख रुपियाँ खर्च भएको छ ।

कुनै नेताहरुलाई पर्सनली सहयोग गरेको छ भने मलाई थाह छैन तर मलाई जहाँसम्म थाह छ, आर्थिक स्रोतमा अरु कहीबाट कुनै चन्दा सहयोग छैन, चन्दा बक्समा झरेको बाहेक । पछिल्लो समय जुस र खाजामा साथीहरुबाट सहयोग हुन थाल्यो नभए सबै पार्टीहरुले नै व्यहोरी रहेका छन् । गठबन्धनमा २५ दलका ४० जना सांसद छन् । गठबन्धनका प्रत्येक दल र प्रत्येक सांसदले २५–२५ हजार दिनुपर्छ भनि गठबन्धनको निर्णय थियो । त्यसको हिसाब गर्दा झण्डै १६ लाख पच्चिस हजार रुपियाँ हुँदो रहेछ । त्यसमध्ये धेरैले दिएको छैन । यति उठ्यो भने हिसाब मसँग छैन । जजसले जसरी पैसा दिए त्यसरी नै खर्च भयो । पैसा उठ्न बाँकी छ । तिर्न पनि बाँकी छ ।

घाइते
रिले अनसनको क्रममा केही नेता तथा कार्यकर्ता घाइते पनि हुनु भएको छ । अनसन शुरु भएपछि टेन्ट बनाउँदा नुच्छेलाल लडेर घाइते हुनुभएको छ भने फोरम नेपालका सचिव पर्शुराम बस्नेत अनसन बस्ने क्रममा नै घाइते हुनुभएको छ । अनसन बसिरहेका अवस्थामा उहाँको तिघ्राको मसल क्र्याक भएको छ । साउण्ड उठाएर लैजाने क्रममा सन्तोष सिल्वाल पनि लडेर घाइते हुनुभएको छ । फोरम नेपालकै बाबुराम शर्मा भुसालको ब्रेन ह्याम्ब्रेज भएको छ । उहाँको उपचार वीर अस्पतालमा भइहेको छ । अनसनमा बसिरहेकै अवस्थामा उहाँ लड्नु भएको थियो । तत्कालै अस्पताल भर्ना गर्दा उहाँको ब्रेन ह्यामब्रेज भएको रिर्पोट आयो । हालसम्म उहाँको उपचारमा अढाई लाख रुपियाँ भन्दा बढी खर्च भइसकेको छ ।  

(कुराकानीमा आधारित)

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..