» » गठबन्धनलाई यसकारणले रुचाउँनु हुन्न प्रधानमन्त्रीले


जेठ १ गतेदेखि संघीय गठबन्धनले काठमाडौ केन्द्रीत आन्दोलन गरिरहेका छन् । तर राज्यले हालसम्म कुनै वास्ता गरेको छैन । जेठ १ गते विशाल जनप्रदर्शन, दुई र तीन गते सिहदरवार घेराउ, चार गते बालुवाटार घेराउ र पाँच गते रत्नपार्कमा विशाल विरोधसभा र जेठ ६ गतेदेखि काठमाडौका विभिन्न १० ठाउँमा विरोधसभा सम्पन्न गरेर जेठ २५ गतेदेखि सहिद मञ्चमा रिले अनसन बसिरहेका छन् ।

जेठ १ गतेदेखि कुनै एक दिन गठबन्धनले विश्राम लिएको छैन । तर राज्यले एक दिन पनि गठबन्धनका कुनै नेतालाई बोलाएर अनौपचारिक कुरा पनि गर्नुभएको छैन । बरु गठबन्धनले आन्दोलन शुरु गरेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी मोर्चालाई वार्ताका लागि तीन पटक पत्र पठार्य सकेको छ तर गठबन्धनको कहिकतै सम्बोधन पनि गर्नुभएको छैन । कानुन मन्त्री अग्नी खरेलले त के हो गठबनधन सरकारलाई केही थाह छैन भनि टिप्पणी गर्नुभयो ।

जब कि त्यो आन्दोलनलाई प्रतिपक्षि दलका नेता एवं काँग्रेसका सभापति शेरबहादुर देउवादेखि लिएर सो पार्टीका अन्य वरिष्ठ नेताहरु अनसनस्थलमै गएर समर्थन जनाइ सक्नु भएको छ भने नयाँ शक्ति नेपालका अध्यक्ष डा.बाबुराम भट्राई , नेकपा माओवादी (क्रान्तकारी) का अध्यक्ष मोहन वैद्य किरणले पनि ऐक्यवद्धता जनाई सक्नु भएको छ ।

त्यस्तै विभिन्न संघ संगठनका प्रतिनिधि तथा नागरिक समाजका अगुवा, पत्रकार, बुद्धिजिवी, लेखकहरुले पनि ऐक्यवद्धता जनाई सक्नुभएको छ तर प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने नामै लिनु भएको छैन । यतिका दवाव बनाएपनि प्रधानमन्त्री ओलीले किन नटेरेका होलान त भनि बुझ्दै जाँदा उहाँले मधेशवादी दलभन्दा बढी आदिवास जनजातिबाट डराउनु भएको छ ।

एक पटक तत्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले ८ बुँदे सम्झौत मधेशी मोर्चासँग गरि दिँदा राज्यले अहिलेसम्म त्यो झेलिरहेका छन् । झन गठबन्धनमा रहेका आदिवासी जनजातिसँग कुनै प्रकारको सम्झौता भयो भने त्यो पनि टाउको दुखाईको विषय किन बनाउने भनेर नै गठबन्धनलाई भाव दिएको छैन ।

गठबन्धनमा अधिकाँश आदिवासी जनजातिहरुको संगठन छन् । तीमध्ये अधिकाँशको जातिय राज्यको माग उठाई रहेका छन् । वार्तामा बोलायो भने अवश्य पनि संघीयतामा झन लफडा हुन्छ भनेर गठबन्धनलाई पत्र नपठाएको हो ।

मधेशी मोर्चाको माग के हो, उनीहरु के चाहन्छन्, कतिसम्म दिए भने मान्न सक्छ आदि कुराहरुको आँक्लन प्रधानमन्त्री अ‍ोलीले गरिसक्नु भएको छ तर आदिवासी जनजातिसँग वार्ता गर्यो भने देशका लागि नयाँ समस्या आउनसक्छ भनेर नै गठबन्धनबाट टाढिन खोज्नु भएको छ । गठबन्धनमा मधेशी मोर्चाको बर्चस्व छ, मधेशी मोर्चासँग वार्ता सफल भयो गठबन्धन आफै सेलाउने छ बुझेर नै मोर्चालाई पटक पटक पत्र लेखेर वार्तामा आउन आग्रह गरिरहनु भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..