» » सिचाई मन्त्रीले भन्नुभयो, -हो, नेपाल मेरो बपौती हो


काठमाडौ असार २२ गते । सिचाइ मन्त्री उमेश कुमार यादव अरु दिनको तुलनामा आज संसदमा अलि आक्रामक हुनहुन्थ्यो । कारण थियो, काँग्रेस र एमाले पार्टीका नेताहरुले मन्त्री यादवमाथि लगाइएका आरोपहरु ।
आज संसदमा बोल्ने क्रममा उहाँले भन्नुभयो, हो नेपाल मेरो बपौती हो किनभने मेरा पूर्खाहरुले नेपाल बनाउनु भएको हो । मेरा वंशज गोपालवंशी हो र गोपालवंशीले नै नेपाल बनाएका कारण नेपाल मेरो वपौती हो सारा नेपालीको वपौती हो ।’
यस्तो भन्नुको कारण थियो । केही दिन पहिले संसदमा सिचाई मन्त्रालयको बजेटमाथि छलफल हुँदा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले यो देश सिचाई मन्त्रीको बपौती हो भनि कुरा राख्नु भएको थियो । सिचाईका अधिकाँश बजेट र कार्यक्रम तराई मधेशमा लगेको भन्दै आलोचना गर्दै सांसद खतिवडाले त्यस्तो भन्नुभएको थियो ।
आज मन्त्रीले जवाफ दिने दिन भएकाले मन्त्री यादव पनि के कम खतिवडाको जवाफ गतिलो तरिकाले दिनुभयो । कुर्सि फ्याल्दैमा बजेट पाइन्छ कि क्या हो भनि खतिवडाले त्यो दिन कटाक्ष गर्नुभएको थियो त्यसको जवाफमा आज मन्त्री यादवले आवश्यक परेका कारणले बन्दुक उठायौं, आवश्यक परेकै कारण कुर्सि उठायौं फेरि पनि आवश्यक पर्यो भने बन्दुक वा जे पनि उठाउन सक्छौ भन्दै कडा प्रतिकृया दिनु भएको थियो ।
मन्त्री यादवले नेपाली काँग्रेस पार्टीले नै पहिला बन्दुक उठाएको होइन, हवाई जहाज अपहरण गरेको होइन त्यसो भए काँग्रेसले अहिले त्यसैको व्याज खाइरहेको छ त भनि प्रश्न गर्नुभयो । मधेशमा बजेट जाँदा हेर्ने तर हिमाल र पहाडमा गएको बजेटलाई किन नहेर्ने, के मधेशमा बजेट पठाउनु गलत हो त भन्दै उहाँले मधेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नगरेसम्म देशको विकास सम्भव छैन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..