» » दलित बस्ती बाढीको जोखिममा


सिरहा साउन ८  गते ।  खुट्टी खोलामा आएको बाढीले दलितवस्ती जोखिमा परेको छ । लहान नगरपालिका १० गुँदीगाँउको दलित वस्तीको पूर्व र पश्चिम दुवैतर्फ खुटी खोलामा आएको बाढीले कटान शुरु गरेपछि सो बस्ती जोखिममा परेका हो ।  

स्थानीय भूपेन्द्र पासवानका अनुसार गतवर्ष जसोतसो जोगिएको यो वस्ती यतिबेलै खुटीखोला कटान नियन्त्रण नगर्ने हो भन्ने दलितहरुको उठिबास हुनेछ ।

खुटीखोलामा गिटी चालेर नै गुजारा गर्ने दलित समूदायको लागि यो खोलाले सुख दिए जस्तै अहिले दुख दिएको छ ।

यसवर्ष आएको बाढीले बस्तीको दक्षिणतिरबाट कटान तीब्र पार्दा सिङगै दलित बस्ती समस्यामा परेको छ ।

त्यस वडाका पूर्व अध्यक्ष समेत रहिसक्नु भएका डिल्ले मिझारका अनसार खुटी खोलाको पूर्व र पश्चिमको डिलमा दलित सुमदायका दुईसय भन्दा बढी घरवस्ती छन् र बाढीले ती वस्ती कतिखेर बगाएर लैजाला भनि त्रासमा हुन्छन् ।

वर्षयाम लागेपछि खुटी पारिका विधार्थीहरु विद्यालय आउदैनन्, त्यस गाँउमा रहेका जनता निम्न माध्यमिक विद्यालय वैरिया गुदीगाँउका व्यवस्थापन समितिको अध्यक्ष उमेश विसुन्केले बताउनुहुन्छ ।

 उहाँको अनुसार खुटी खोलामा क्रेटिङग र पूल निर्माण कार्यमा सरोकारवाला निकायहरुले ध्यान नदिँदा दलित बस्तीले ठूलो पिडा सहन बाध्य छ ।  

यता लहान नगरपालिकाका कार्यकारी अधिकृत मो. शेरे मुस्तुफाले लहान नगरपालिकाले आफनो उपलब्ध श्रोत र साधन अनुसार लहानका विभिन्न वडाहरुबाट विकासका लागि माग भए अनुसारको वजेट छुट्याउन समस्या देखिएको बताउनु भयो ।

तत्कालै दलित वस्ती जोगाउन जिल्ला विकास समितिसँग समेत समन्वय गरेर क्रेटिङग हाल्ने काम गर्न नगरपालिकाले केही गर्नैपर्ने देखिएको प्रतिक्रिया उहाँले दिनु भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..