» » उपेन्द्र यादवलाई गच्छदारको चुनौति


काठमाडौ साउन १६ गते । उपेन्द्र यादवजी तपाई पछाडी हटदै नहट्नुस्, पहाड जस्तै उभ्नु होला, सफल हुनुहोला, हाम्रो पार्टीले कुनै बाधा गर्दैनन्, यो कुरा मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भन्नुभएको छ ।

आज आफ्नो पार्टीको सातौ वार्षीक उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्नु हुँदै उहाँले भन्नुभयो, एक मधेश एक प्रदेशको नारा दिने नेताहरुले त्यो पुरा गराउन सक्नु भयो कि भएन, खास गरि माननीय उपेन्द्र यादवले यो जवाफ दिनुपर्छ ।’

तराईमा दुई प्रदेश भएन यो गठबन्धनको साथमा जान सकिदैन भनि मधेशी मोर्चाले हालसम्म नभनेको उल्लेख गर्दै गच्छदारले यो भन्ने आँट मधेशी मोर्चाले गर्न सक्छ कि सकिदैन उहाँले प्रश्न गर्नुभयो । ६ महिनासम्म नाकाबन्दी भयो, ६५ जनाको ज्यान गयो, एक महिनाभन्दा बढी समयसम्म राजधानीमा रिले अनसन भयो, आखिर यी सबै कुराले के प्राप्त भयो, उहाँले भन्नुभयो, यसको जवाफ कसल दिन्छ ?

मधेशी मोर्चाको माग गलत हो भनि भन्न खोजेको होइन, सबै मागप्रति आफ्नो समर्थन रहेको बताउँदै अध्यक्ष गच्छदारले सीमा हेरफेर हुन्छ त्यसमा सहमति छ, आफ्नो दलले पनि ८ प्रदेशको प्रस्ताव लाएको त्ये पनि पुरा हुनेपर्ने धारणा राख्नुभयो । झापा, सुनसरी, मोरगंलाई दुई नम्बर प्रदेशमा मिलाउने कुरा भइरहेको म पनि त्यसमा सहमति जनाउँछु, कैलाली कञ्चनपुर पनि यसै प्रदेशमा होस् भनि म पनि चाहन्छु तर यी सबै माग पूरा हुनुपर्छ मागरे हुँदैन, उहाँले भन्नुभयो ।

प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पूर्ण समर्थन रहने उल्लेख गर्दै उहाँले आफ्नो पार्टी सरकारमा पनि जाने स्पष्ट पार्नु भयो । उहाँले आफ्नो पार्टी सडक, सदन र सरकारमा संघर्ष गरिरहेको उल्लेख गर्दै आफू अरु दल र नेता जस्तो अल्मलाउन तथा भ्रममा राख्ने काम नगरेको धारणा राख्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..