» » चिनियाँ बुद्धिजिवी भन्नुहुन्छ, ओलीलाई भारतले राजिनामा गरायो


काठमाडौं साउन १२ गते । चिनियाँ कुटनीतिक मामिलाका एक विज्ञले नेपालमा ओली नेतृत्वको सरकार परिवर्तनमा भारतको भूमिका रहेको बताएका छन् ।

इन्स्टिच्युट फर साङ्घाई म्युनिसिपल सेन्टर फर इन्टरनेशनल स्टडिजका निर्देशक वाङ् देहुवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आउनुमा भारतको भूमिका रहेको उल्लेख गर्नुभयो । ‘प्रधानमन्त्री ओलीको राजीनामा आउनुका पछाडी भारतको हात देखिन्छ किनकी ओलीले मार्चमा सम्पन्न चीन भ्रमणमा चीनसँग महत्वपूर्ण सम्झौता गरेका थिए ।

यसैका कारण भारत ओलीसँग असन्तुष्ठ बनेको हुनुपर्छ’ चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा प्रकाशित आफ्नो लेखमा देहुवाले भन्नुभएको छ । चीनको स्वशाषित क्षेत्र तिब्बतबाट नेपालतर्फ हुंदै आएको गैह्रकानुनी तिब्बतीहरुको प्रवेश तर्फ लक्ष्यि गर्दै उहाँले नेपाल स्थिर भएमात्र चीनको सीमा सुरक्षा चिन्ता हट्न सक्ने उहाँले लेख्नुभएको छ ।

‘नेपाल र चीनबीचको सकारात्मक तथा सहकार्यत्मक संबन्ध भारतको समेत हितमा छ’ उहाँ थप्नुहुन्छ । नेपाल र चीनबीच हस्ताक्षरित पारवहन सम्झौता नेपाल, चीन र भारतबीच मात्र नभएर आर्थिक विकासका लागि क्षेत्रीय रुपमा समेत महत्वपूर्ण रहेको उहाँको भनाई छ । ‘चीनले नेपालमा विस्तार गर्न लागेको रेलबाट भारत चाहीँ त्रसित देखिको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छापिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..