» » अध्यक्षमा विकास तिवारी सर्वसम्मत


राजविराज, असार २० गते । नेपाल सद्भावना पार्टी गजेन्द्रवादी पार्टीको अध्यक्षमा पुनः विकास तिवारी चयन हुनु भएको छ । पार्टीको आइतवार सम्पन्न केन्द्रीय महाधिवेशनको बन्द शत्रले अध्यक्षमा पुनः विकास कुमार तिवारीलाई चयन गरेको हो ।
हाल गठित १६ सदस्यीय केन्द्रीय समितिको सदस्यहरुमा सीताराम पौदार, शिवनारायण पण्डित, दानालाल मण्डल, सावित्री पण्डित, कुवेर कुमार यादव, नन्द कुमार कुवँर, भुपनारायण राम दास , विन्देश्वर यादव, राजा सिंह, अनिल महात्मान, जय सुन्दर खिडहरी यादव, रञ्जित यादव, रामेश्वर साह, अशोक कुमार कर्ण र विनोद कुमार साह रहनु भएको छ ।
सप्तरीको भारदह स्थित वी. पी. माध्यमिक विद्यालयको प्रागनमा महाधिवेशन भएको थियो ।

पार्टीको महाधिवेशनले अखण्ड मधेश निर्माणको लागि “अखण्ड मधेश निर्माण अभियान”को सञ्चालन गर्ने र यसकालागि दृढतापूर्वक अगाडि बढ्ने निर्णय गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..