» » जयकृष्ण गोइतले जारी गरेको विज्ञप्ति यस्तो छ


तराईका मूल निवासीहरुको अग्रदस्ता जनतान्त्रिक तराई मुक्ति मोर्चा९क्रान्तिकारी० यही २०७३ श्रावण १० गते बाह्रौं वर्ष पूरा गरी तेह्रौं वर्षमा प्रवेश गर्दैछ । २०६१ श्रावण १० देखि हामी नेपाली शासन मुक्त तराईको लागि सशस्त्र लडाई लडि रहेका छौं । यो दुई सय वर्षपूर्व हाम्रो पूर्खाले नेपाली शासन मुक्त ‘‘‘तराई को लागि लडेको सशस्त्र लडाईको क्रमभंगताको निरन्तरता हो ।

इतिहास साक्षी छ कि १ नवम्बर १८१४ देखि नेपाल र ब्रिटिश ईष्ट इण्डिया कम्पनी बीच युद्ध भयो । अन्यायको विरुद्ध विद्रोह गर्नु अन्यायमा परेका जनसमुदायको अधिकार भएको सर्वमान्य सिद्धान्त अनुसार पृथ्वी नारायण शाहको शासकदेखि गरेको अन्याय, अत्याचार, शोषण र औपनिवेशिक उत्पीडनका शिकार हाम्रो पूर्खाले नेपाली शासन मुक्त तराईको लागि विद्रोह गरेर आफ्नो शत्रुको शत्रु मित्र हुने मान्यता अनुरुप ब्रिटिशसंग संगै नेपाल विरुद्ध युद्ध लडे ।

१५ मई, १८१५ को पराजित नेपाल कम्पनीसंग सन्धि गर्नको लागि विवश भए । १५ मई, १८१५ को नेपालले आवश्यक अधिकार–पत्रको साथ राजगुरु गजराज मिश्रलाई कम्पनीका प्रतिनिधि मेजर पेरिस ब्राँडशाँसँग सन्धि वार्ता गर्न सुगौली पठाए । प्रतिनिधिहरु बीच केहि महिनासम्म कैयौं पटक सन्धि वार्ता भयो । सन्धि वार्ता पश्चात गजराजले २८ नवम्बर १८१५का दिन र ब्राँडशाँले २ दिसम्बर, १८१५ का दिन प्रस्तावित सन्धि–पत्रमा हस्ताक्षर गरिए । पन्ध्र दिनभित्रै नेपालका राजाको स्वीकृतिको लागि काठमाडौं पठायो । नेपालका राजाको स्वकृति पछि यस उपर बीस दिन भित्रै वा सम्भव भए यस भन्दा पनि शीघ्र नै गभर्नरको स्वीकृत लिइने थिए ।

तर, नेपाल दरवारमा प्रेषित सन्धि–पत्रका शर्त स्वीकार गर्ने कि नगर्ने विषय उपर छलफल हुँदा भारदारहरुमा मतभेद हुन गयो । अधिकांश भारदारहरु पुनः युद्धकै पक्षमा गए । सन् १७९२ को वेत्रावत्र्ती–सन्धिको आधारमा नेपालले युद्धको प्रारम्भमा नै चीनसँग सैनिक सहायता प्राप्त गर्नको लागि पत्र पठाएको थियो । ल्हासा स्थित चीनियाँ अम्बान ९राजनीति प्रतिनिधि०द्वारा पत्र बीजिंग पठाएको खबर नेपाल दरवारमा प्राप्त भयो । यस खबरबाट चिनियाँ सैनिक सहायता प्रति आश्वस्त नेपाल दरवार प्रस्तावित सुगौली–संधिको स्वीकृति सन्दर्भमा मौन बसेर भावी युद्धको पूर्व तैयारीमा लाग्यो ।

नेपाल दरवारको इरादाको जानकारी पाउनासाथ गभर्नर जनरल लार्ड हेस्टिंग्सले १८१६ को फरवरी को प्रारम्भिक सप्ताहमा ब्रिटिश सेनापति जनरल डेभिड ऑक्टरलोनीको नेतृत्वमा बीस हजार फौज भिच्छाखोरीको बाटो काठमाडौं कब्जा गर्न पठाए । फरवरी २७ र २९ का दिन मकवानपुरमा भएको पुनरावर्तित युद्धमा पनि नेपाल पराजित भए ।

नेपाल दरवारले मकवानपुरको युद्धमा विजयी भई हेटौंडामा सैन्य शिविर खडागरि ऑक्टरलोनी काठमाडौं हान्ने बढदै आइरहेको समाचार पाए । नेपाललाई जे–जति हुन्छ बचाउनका लागि प्रस्तावित सुगौली–सन्धि स्वीकार गर्नु नै नेपाल दरवारले श्रेयस्कार ठाने । नेपाल दरवारद्वारा ३ मार्चको दिन स्वीकृतिको लालमोहर सदर गर्यो । नेपाल दरवारद्वारा प्रस्तावित सन्धि–पत्रमा लालमोहर सदर भएपछि वैधानिक रुपमा तराई नेपाली शासनबाट मुक्त भए ।

चन्द्रशेखर उपाध्यायले नेपाल दरवारद्वारा स्वीकृत सुगौलीको सन्धि–पत्र हेटौंडाको सैनिक छाउनीमा हाजिर भएर ऑक्टरलोनीलाई ४ मार्चको अप्राह्न २ः३० बजे बुझाए । ऑक्टरलोनीले पछि नियमानुसार आर्को मानिस नखटिएसम्मको निमित्त आफ्नो छाउनीबाट लेफ्टिनेन्ट व्वाँयलुलाई रेजिडेन्टको हैसियतले काठमाडौं पठाए । सन् १८१६को मई तिर कम्पनीका गवर्नर–जनर्लद्वारा मनोनीत भएर एडवर्ड गार्डनर ब्रिटिश रेजिडेन्टको हैसियतले पुगेकाले व्वाँयलु काठमाडौंबाट फर्केर आए ।

सन् १८१६ को अगस्तमा चिनियाँ सैनिक अधिकारी नेपालको वस्तुस्थिति अध्ययन गर्न तिब्बतको दिगार्ची पुगे । नेपालले मार्चमा नै सन्धि–पत्रमा आफ्नो स्वीकृतिको लालमोहर लगाई कम्पनीलाई सुम्पि सकेको थियो । फेरि पनि नेपालको पक्ष लिई चीनको उक्त सैन्य प्रतिनिधिले गभर्नर लॉर्ड हेस्टिंग्सलाई काठमाडौंमा ब्रिटिश रेजिडेन्ट राखेको विरुद्ध कडा विरोध–पत्र लेखि पठाए ।

कम्पनीले चीनसितको युद्ध टार्न नेपाललाई आफ्नो पक्ष मिलाउने लागे । नेपाललाई चीनको पक्षमा जान नदिनको लागि ८ दिसम्वर १८१६ई। का दिन नेपालका राजाको स्वीकृति र अनुमोदनका लागि स्मरण–पत्र प्रस्तुत ग¥यो । कम्पनीले यस स्मरण–पत्रको कुटिल चालद्वारा पूर्व मेची नदीदेखि पश्चिम राप्ती नदीसम्म तथा वर्तमान नेपाल–भारत सीमादेखि उत्तरका भू–भाग नेपालको राजालाई पुनः हस्तान्तरण गरी दिए ।

नेपाली शासनबाट मुक्तिको लागि विद्रोह गरेर १८१४–१६कोे युद्धमा खुलेर साथ दिने हाम्रो पूर्खाको अभिलाषालाई कुल्चेर ब्रिटिशले नेपालको अधीनमा नै बस्नका लागि स्मरण–पत्रद्वारा विवस पारियो । स्मरण–पत्रको बूँदा –७ मा उल्लेख गरियो कि तराई नेपालको राजालाई दिएपछि त्यहाँको कुनै निवासीमाथि युद्धको दौरान ब्रिटिशलाई साथ दिएको कारणले कुनै पनि प्रतिशोधात्मक कारवाही चलाउने छैन र यदि किसानहरुको अतिरिक्त तराईवासीहरु मध्येबाट कुनै व्यक्ति सम्पति त्याग गरी कम्पनीको क्षेत्रमा बस्न चाहे भने उसको लागि कुनै अवरोध खडा गरिने छैन । स्मरण–पत्रको बूँदा–७ अनुसार तराईका किसानहरुलाई बस्नै प¥यो र मध्यम किसान धनी किसान, साहु महाजन सम्पति त्याग गरी भिखारी भएर कम्पनीको क्षेत्रमा बस्न चाहे भने उसको लागि कुनै अवरोध खडा गरिने छैन ।

कम्पनीद्वारा प्रस्तुत स्मरण–पत्रको शर्तहरुलाई नेपालका राजाद्वारा स्वीकार गरी ११ दिसम्बर, १८१६ को स्वीकृतिको मुहरबन्द पत्र ब्रिटिश ईष्ट इण्डिया कम्पनीलाई सुम्पि दिए ।

यसरी चीनको भय आक्रान्त ब्रिटिशले तराईवासीहरुको सहमति बिना नै उनीहरुको मातृभूमि तराई पुनः नेपालको राजालाई हस्तांतरण गरी दिए । त्यतिवेला घाम न अस्ताउने विश्वका शाक्तिशाली ब्रिटिश साम्राज्यको विरुद्ध विद्रोह गर्नु तराईवासीहरुको लागि सम्भव भएन । ब्रिटिशको आदेशानुसार तराईवासीहरुलाई कैदी सरह आँसुको नुनिलो ढिका पिएर नेपाल अधीन नै बस्नुको वाहेक अर्को विकल्प रहेन ।

ब्रिटिशद्वारा तराई हस्तांतरणको यो क्रम अगाडि पनि जारी नै रहियो । कम्पनीले नेपालका राजापछि अवधका नवावलाई तराई हस्तान्तरण गरे । लार्ड हेस्टिंग्सले अवधका नवाव गाजाउद्दीन हैदरसँग नेपाल युद्ध९१८१४–१५० को लागि ढाई करोड र पुनरावर्तित युद्ध९१८१६० को लागि एक करोड नगद कर्ज लिएको थियो । त्यसको वापतले राप्ती नदीदेखि महाकाली नदी सहितको तराई प्रदेश अवधको नवावलाई दियो । सन् १८१६ मा तराई सुम्पिएदेखि नै नेपाली शासक प्रशासक तराईवासीलाई युद्ध अपराधी समान व्यवहार गर्न थाले ।

सन् १८६०, नवम्वर १ का दिन ब्रिटिश शासकले भारतीय स्वतंत्रता आंदोलनको दमनमा नेपाल सरकारद्वारा दिएको सहयोगलाई ‘उत्कृष्ट सेवा’ को दर्जा दिदै नेपाल सरकारसँग एक सन्धि ग¥यो । त्यस सन्धि–पत्र मार्फत राप्ती नदीदेखि महाकाली नदीसम्म तथा वर्तमान नेपाल–भारत सीमा चिन्ह देखि उत्तरका तराई भू–भाग नेपाललाई दियो ।

अतः वर्तमानमा नेपाल अधीनस्थ मेची नदीदेखि महाकाली नदीसम्मको ‘तराई’ कुनै शाहवंशी राजा, महाराजा वा नेपालीको विजित भू–भाग नभई ब्रिटिश स्वार्थका कारण नेपाललाई हस्तान्तरित भू–भाग हो । ‘तराई’ नेपालको अभिन्न अंग थिएन् , होइन् ।

दुई सय वर्षपूर्व हाम्रा पूर्खाले नेपाली शासन मुक्त तराईका लागि ब्रिटिशसंग मिलेर नेपाल विरुद्ध युद्ध लडेका थिए । ब्रिटिशको कुटिल चालको कारण तराईवासी नेपाली शासन मुक्त हुन सकेन । आज हामी प्रातः स्मर्णीय हाम्रा वीर पूर्खाको सपना साकार पार्न तथा मातृभूमि तराई र तराईका मूल निवासीहरुको स्वतन्त्रताको निम्ति हामी हाम्रै भरमा नेपाल विरुद्ध सशस्त्र मुक्ति युद्ध लडदै छौं । हामीलाई थाह छ कि हाम्रा पूर्खाले देखाएको बाटो लामो हो, कठिन हो, प्रयोग र उकालो–ओरालोले भरिएको हो, तर यी नै एक मात्र विकल्प हो । यी नै तराई मुक्ति मार्ग हो । यी नै इतिहासको बाटो हो ।

बाह्रौं वर्ष पूरा गरी तेह्रौं वर्षमा प्रवेशको महान् ऐतिहासिक अवसरमा हामी सर्वप्रथम तराई मुक्तिको सशस्त्र युद्धमा शहादत प्राप्त गर्ने सम्पूर्ण वीर अमर शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । वेपत्ता पारिएको वीर योद्धहरु प्रति हामी उच्च सम्मानका साथै संग्रामी सलाम गर्दछौं र उनीहरुको स्थिति सार्वजनिक गराउने दृढ प्रतिबद्धता व्यक्त गर्दछौं । साथै हामी शहिद परिवार तथा वेपत्ता परिवारजनमा हार्दिक संवेदना, आभार एवं सम्मान व्यक्त गर्दछौं । सम्पूर्ण तराईका मूल निवासीहरुमा संग्रामी अभिवादन एवं मातृभूमि तराई मुक्ति नहुन्जेलसम्म लडदै रहने दृढ प्रतिबद्धता प्रकट गर्दछौं ।

हाम्रो नाराहरु –
नेपाली शासक — तराई छाड
तराईका शासन — तराईका मूल निवासीहरुले गर्ने

(जयकृष्ण गोइत)
अध्यक्ष
केन्द्रिय समिति
जनतान्त्रिक तराई मत्रक्ति मोर्चा (क्रान्तिकारी)
मिति २०७३ श्रावण ९ गते 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..