» » तमलोपाद्धारा राहत माग, सद्भावनाले पठायो राहत



काठमाडौ साउन १२ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले बाढी पीडितलाई राहत तथा उद्धार गर्न माग गरेको छ ।

तमलोपाका अध्यक्ष महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गरि देशका विभिन्न ठाउँमा आएको बाढी प्रकोपले करौडोको धनजनको क्षति भएपनि सरकारले कुनै चासो नदेखाएको गुनासो गरेको छ ।
यस्तो दैवी प्रकोपको विकट अवस्थामा पनि राज्यको तर्पmबाट राहत र उद्धारको निमित्त हुनु पर्ने तदारुकता र प्रभावी कारबाहीको सर्वथा अभाव देखिएको विज्ञप्तिमा उल्लेख गर्दै तत्काल राहत र उद्धारको युद्धस्तरीय व्यवस्थाका निमित्त जोडदार माग गरेको छ ।

साथै पार्टीले सम्बन्धित सबै जिल्ला समितिहरुलाई राहत र उद्धारका निमित्त सक्रियता साथ जुटन निर्देशित समेत गरेको छ ।

कंचनपुर, कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, रुपन्देही, नवलपरासी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग र झापा सहित तराई–मधेशका सबै जिल्लाहरु लगातारको अविरल वर्षाका कारण बाढीको प्रकोपले त्रसित छ । बाढीका चपेटामा परी दर्जनौंको मृत्यु र सम्पर्कविहिन हुनुका साथै गाईवस्तु सहित २५ सयभन्दा बढी घर क्षति क्षति भएको छ ।

यसैबीच सद्भावना पार्टीले बाढी पीडितका लागि विभिन्न राहत सामाग्री सप्तरी पठाएको छ । पार्टीका सहमहासचिव अर्जुन उपे्रतीको नेतृत्वमा आज एउटा टोली सप्तरी प्रस्थान गरेको पार्टीले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..