» » सरकार, के शेख अशदार यो देशका सौतेला छोरा हुन् ?


-सरोज राय
तल फोटोमा देखाएको दुवै बालक शारीरिक रुपले अपाङ्ग हुन् । गा.वि.स. अकोलवा ७ बलुवा टोलका शेख नेशारको १० बर्षीय छोरा शेख अशदार अलि जन्मैदेखि दुवै खुट्टाले अपांग छन भने झापाका शेषराज दाहाल र ईश्वरा दाहालका सुपुत्र बोल्न र हिंड्न नसक्ने आदित्य दाहाल हाल काठमाडौंको कपनमा बसोबास गर्छन् ।

आजको २१ ओं शताब्दीमा आदित्यसँग भविष्यवाणी गर्न क्षमता रहेको प्रचार गर्दै उनलाई विलक्षण क्षमताका धनी भन्दै ुगुगल व्यायको रुपमा चिनायो र सरकारबाट निरन्तर आदित्य आर्थिक सहयोग पाइराखेका छन् ।

सुशील कोइराला प्रधानमन्त्री भएको बेला सरकार द्वारा उनलाई अमेरिका लगेर इलाज समेत भई सकेका छन् । हाल मात्र आदित्यको लागि घर र गाडी वापत ओली सरकार द्वारा एक करोड़ रुपिया सहयोग गरिने निर्णय मन्त्रिपरिषद्बाट भएको छ ।

आदित्य अस्वस्थ छन्, उनको इलाज पनि हुनु पर्छ तर अन्धविश्वासको नाममा यसरी जनताको पैसा लुटाउनु प्रति मेरो मात्र होइन सम्पूर्ण देशवासीको घोर आपति हुनु पर्छ ।

अस्ति युरोकप फ्रान्सले जित्छ भनेर भविष्यबाणी गरेका आदित्यसँग साँचै गुगल व्याय भनाउने खालको विलक्षण क्षमता रहेको छ भने कुनै संघ संस्थाबाट प्रमाणित हुनुपर्छ । गुगुलबाट नै प्रमाणित गराऊ न त् ।

रौतहटको १० वर्षीय बालक शेख अली स्कुल जानलाई तडपि रहेक छन् । उसले एकदमै कन्फिडेन्टली भन्यो, मसित व्हील चेयर भयो भन्ने म दैनिक स्कुल पढ्न जाने छु।

यो एउटा बालकको उदाहरण मात्र हो, यस्ता मधेश र पुरै देशमा हजारों बालकहरु छन् जो पैसाको अभावमा उपचार गराउन बाट वन्चित छन् साथै उनका चाहनाहरु मरिरहेको छ ।

किन सरकार एउटालाई लाखो पर्ने गाडी र घर उपहार, अर्कोलाई केही पनि होइन, के यिनीहरु नेपाल आमा कि सौतेला सन्तानहरु हुन् ?

(नोटः कोही सहयोगी हात यस बालकको लागि व्हील चेयर सहयोग गर्न चाहनुहुन्छ भन्ने सम्पर्क गर्नुस बालकको सिधा सम्पर्क नं. पठाइदिने छु)

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..