» » राजेन्द्र महतोले भन्नुभयो, मरने के लिए तयार होना परा


काठमाडौ असार २४ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो संघीय गठबन्धनले शुरु गरेको रिले अनसनमा गएर सुटुक्क प्रतिवद्धता जनाएर आउनु भयो तर त्यसले खासै महत्व पाएन ।

महत्व पनि पाउनु कसरी, उहाँ अर्कै प्रयोजनका लागि जानु भएको थियो तर त्यहाँका एक नेताले  जवर्जस्ती तानेर अनसनस्थलमा लगेका थिए तर त्यहाँ लगेर बसाएका थिए ।

संघीय समाजवादी फोरम नेपालका नेता डा.मंगलसिद्धि मानन्धरको निधनपछि श्रद्धाञ्जलीका लागि असार १९ गते सहिद मञ्चमा राखिएको थियो । श्रद्धाञ्जलीका लागि महतो पनि त्यहाँ पुग्नु भएको थियो । त्यहाँ पुगेर उहाँले श्रद्धाञ्जली दिएर फर्किन लाग्दा राष्ट्रिय मधेश समाजवादी पार्टीका नेता केशव झाले जवर्जस्ती तानेर अनसनस्थलमा ल्याउनु भएको थियो ।

केशव झाले तानेर ल्याउने क्रममा महतोले हाँस्दै भन्नुभएको थियो, जानैपर्छ ? महतो त्यहाँ गएर अनसनमा बसेकाहरुसँग भालाकुसारी गर्नुभयो । र, भन्नुभयो, यो रिले अनसनले केही हुनेबाला छैन । आमरन अनसन बस्नुपर्छ, मर्नका लागि तयार हुनुपर्छ अनि मात्र राज्यमाथि दवाव पर्छ । उहाँले उपस्थिति पुस्तिकामा हस्ताक्षर पनि गर्नुभयो ।

संघीय गठबन्धनले शुरु गरेको रिले अनसनप्रति उहाँले असन्तुष्टि जनाउँदै आउनु भएको थियो र त्यही कारणले अनसनस्थल जान चाहनु भएका थिएन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..