» » कुपण्डोलमा गठबन्धनको बैठक बस्दै

काठमाडौ साउन २ गते । संघीय गठबन्धनको बैठक कुपण्डोलमा बसिरहेका छ । असार ३१ गते रिले अनसन सकेपछि अगामी कार्यक्रम तथा गठबन्धन र मधेशी मोर्चाको सम्बन्धमा छलफल गर्न बैठक बसिरहेका छ ।

गठबन्धन र मधेशी मोर्चाबीच देखिएको आन्तरिक विवादको बारेमा पनि गठबन्धनले छलफल गर्ने स्रोतले जनाएको छ । जो गठबन्धनमा बस्न चाहन्छ, जो बस्न चाहदैन त्यसलाई निस्काशन गर्ने तयारी पनि रहेको स्रोतको दावी छ ।

साथै, अगामी सरकार गठनको बारेमा छलफल हुने बताइएको छ ।

यसअघि गठबन्धनका सचिवालयले आन्दोलनका कार्यक्रमहरु तय गरेका थिए । त्यसमा पनि छलफल गरि संशोधनसहित अनुमोदन गरिने बताइउको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..