» » के भयो त्यस्तो जो महन्थ ठाकुरले भन्नुभयो, म छोड् दिन्छु पार्टी


तराई मधेश लोकतान्त्रिक पार्टीको महाधिवेशन सम्पन्न भइसकेको छ । असार ६ गतेदेखि ८ गतेसम्म नवलपरासीको रामग्राममा भएको महाधिवेशनबाट अध्यक्षमा महन्थ ठाकुर, वरिष्ठ उपाध्यक्षमा ह्रदयश त्रिपाठी, उपाध्यक्षमा बृषेशचन्द्र लाल, कोषाध्यक्षमा अनिता यादव निर्विरोध हुनुभएको छ । उता दलित, आदिवासी जनजातिमा पनि निर्विरोध हुनुभएको छ । तर यो निर्विरोध बनाउनका लागि महन्थ ठाकुरलाई कम्ती पापर बेल्नु परेन । उहाँले झण्डै पार्टी छाडेर हिड्ने मनस्थिति बनाइसक्नु भएको थियो । बेलैमा नेता तथा कार्यकर्ताले साथ नदिएको भए, सायद त्यो दिन ठूलो दुर्घटना हुने थियो ।

नवलपरासीमा महाधिवेशनको चहल पहल शुरु भएसँगै सोही पार्टीका महामन्त्री गोविन्द चौधरीले अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको थियो । महन्थ ठाकुरको विरुद्धमा उम्मेदवारी दिने भनेर यो समाचारले निकै चर्चा पायो ।

लगातार यो समाचार आइर्यो । पार्टीमा महन्थ ठाकुरको विकल्प कोही छैन, ढुक्क भएका नेता तथा कार्यकर्ताका लागि निल्नु नओकल्नु जस्तो भएको थियो । कोही त छन् जो महन्थ ठाकुरलाई टक्कर दिनसक्छ भनि टिप्पणीहरु शुरु भइसकेको थियो । र, महन्थ ठाकुरलाई तनाव नहुने कुरै छैन । मधेशवादी राजनीतिक शुरु गरदेखि कुनै पनि चुनाव नजित्नु भएका महन्थ ठाकुरलाई आफ्नै पार्टीमा चुनौति दिनु उहाँको लागि कम तनावपूर्ण स्थिति थिएन ।

अध्यक्ष ठाकुरले तत्कालै त्यहाँ उपस्थित कार्यसम्पादन समितिका नेताहरुलाई बोलाएर यस विषयमा छलफल चलाउनु भयो । उहाँले त्यहाँ सिधै भन्नुभयो, यदि कसैलाई अध्यक्ष बन्ने इच्छा छ भने बन्नुस्, म छाड् दिन्छु तर पार्टीमा चुनाव हुनुहुँदैन र म पनि चुनाव लड्दिन ।

जसलाई अध्यक्ष बन्नुछ भने खुलेर आउनुस् म छोड्न तयार छु ।’ यो कुरा सुनेपछि सबैजना स्तब्ध हुनुभयो । एक अर्काको अनुहार मात्र हेर्नुभयो । म अध्यक्षको दावेदार छु भनेर कसैले खुलेर बोल्नु भएन । बरु अध्यक्ष ठाकुरलाई अध्यक्षमा तपाईबाहेक अरु कोही छैन भनि त्यहाँका नेताहरुले भन्नुभयो । अहिले पनि यो पार्टीमा तपाईबाहेक विकल्प छैन पनि भनियो । गोविन्द चौधरीले पनि केही बोल्नु भएन ।

तर पछि अध्यक्ष ठाकुरले गोविन्द चौधरीलाई बोलाएर सबै पदमा सर्वसम्मति हुन्छ, कुनै पदमा चुनाव हुँदैन त्यसैले तपाई अध्यक्षको दावेदार हो भने भन्नुस् म छोड्न तयार छु, भनेपछि गोविन्द चौधरीले त्यहाँ अक न मक हुनुभयो ।

ठिक छ, यदि सबै पदमा सर्वसम्मति हुन्छ भने आफू अध्यक्ष पदमा उम्मेदवारी दिन्न प्रतिवद्धता जनाएका थिए । त्यतिबेलासम्म गोविन्द चौधरीले उम्मेदवारी दिने फर्म पनि लिइसक्नु भएको थियो । उहाँले अध्यक्ष पदमा उम्मेदवारी त दिनुभएन नै उल्टै महन्थ ठाकुरको प्रस्तावक नै हुनुभयो ।
गोविन्द चौधरी पनि त्यतिकै शान्त भएको होइन । पार्टीका नेता तथा कार्यकर्ताले उहाँको विरुद्धमा नारावाजी गरेका थिए ।

स्रोत भन्छ, हातपनि पनि भएको थियो । उहाँ अध्यक्षको उम्मेदवारी घोषणा गरेपछि पार्टीका नेता तथा कार्यकर्ता निकै रिसाएका थिए । महाधिवेशनस्थलमै अवाज उठिरहेको थियो कि महन्थ ठाकुर जिवित हुँदासम्म उहाँको विकल्प कसैले दिन सक्दैन तर गोविन्द चौधरीले आफू उम्मेदवारी दिने भनेपछि कार्यकर्ताहरु उहाँमाथि निकै रिसाएका थिए ।

को भए चलाक, को भए मुर्ख

राजनीतिकमा बठ्याई, कुटनीति र रणनीतिको निकै महत्व हुन्छ । ‘जो जिता वही सिकिन्दर’ लागु हुन्छ भने त्यो हो राजनीतिक । र, तराई मधेश लोकतान्त्रिक पार्टीमा राम्रैसँग त्यो हेर्न पायो । चलाकहरुको चर्चा पनि भयो र आक्रोश पनि भयो । कुरा के भयो भने, पार्टीमा जो पहिलादेखि बठ्याई गरिरहेका थिए, बर्चस्व जमाएर बसेका थिए तिनै नेताहरु आफ्नो नाम बन्दसत्रको मञ्चबाट घोषणा गराउन सफल हुनुभयो । अरु बाँकीको अध्यक्षले गर्नुहुन्छ भन्दै नलवपरासीबाट असार ९ गते सबैलाई विदाबारी गर्नुभयो ।

अध्यक्षमा महन्थ ठाकुर, वरिष्ठ उपाध्यक्षमा ह्रदयश त्रिपाठी, उपाध्यक्षमा बृषेशचन्द लालको नामै घोषणा भयो । उहाँहरु आफूलाई सुरक्षित गराउनुभयो । भनिन्छ, त्यो मामलामा सर्वेन्द्रनाथ शुक्ला पनि सुरक्षित हुनुहुन्छ ।

उहाँले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको थियो । पछि केन्द्रीय सदस्यबाट पनि उम्मेदवारी फिर्ता लिनुभयो । एकजना उपाध्यक्ष मनोनित गर्न बाँकी छ त्यो शुक्लालाई नै दिने लगभग पक्का पक्की भएको छ । पदाधिकारीमा मनोनित हुनका लागि केन्द्रीय सदस्य हुनु अनिवार्य छ । सर्वेन्द्रनाथ शुक्लालाई पदाधिकारीमा ल्याउनका लागि पहिला उहाँलाई केन्द्रीय सदस्यमा मनोनित गरि उपाध्यक्षमा ल्याउने तयारी रहेको स्रोतको दावी छ ।

कोषाध्यक्षमा अनिता यादवको नाम पनि मञ्चबाट घोषणा भएको छैन तर अध्यक्षदेखि अन्य सबैले उहाँलाई अश्वासन दिनुभएको छ । कविन्द्र ठाकुरले कोषाध्यक्षबाट आफ्नो उम्मेदवारी पनि फिर्ता लिनु भएको छ ।

महन्थ ठाकुरको हावाला दिँदै समाचारहरु पनि आएका छन् । यसरी मुख्य मुख्य नेताहरु आफ्नो नाम घोषणा गराएर अरुलाई त्यतिके अलपत्र छाडेर काठमाडौ फर्केपछि नेता तथा कार्यकर्ताहरु आक्रोश भएका छन् । हुन त महामन्त्री, सहमहामन्त्रीमा पनि सर्वसम्मति गर्ने प्रयास नगरेको होइन तर ती दुई पदबाट कसैले उम्मेदवारी फिर्ता लिन नमानेपछि चुनावको अवस्था सृजना भएको थियो । यस मामलामा त्यहाँ दुईटा खेमा देखा पर्यो ।

एकथरिले चुनावै हुनुपर्छ भने हल्ला पनि गरेका थिए अर्कोथरि चारवटा पदमा यदि सर्वसम्मति भयो भने अन्य पदहरुमा पनि सर्वसम्मति नै हुनुपर्छ दवाव दिएका थिए । सर्वसम्मति गराउने जिम्मेवारी अध्यक्ष महन्थ ठाकुरलाई दिएपछि चुनाव चाहनेहरु नारावाजी पनि गरेका थिए । ठूला नेताहरु आफ्नो सीट सुरक्षित गरेर अरु नेताहरुलाई आपसमा लडाउन र अन्योलमा छाडेर काठमाडौ फर्किन लागेको भन्दै विरोध पनि भएको थियो ।
अब के हुन्छ ?

नवलपरासीबाट पोको पन्तेरो बाँधेर नेताहरु काठमाडौ फर्किसक्नु भएको छ । अब नेताहरुको भाग्य र भविष्य अध्यक्ष महन्थ ठाकुरको मुठीमा छ । अब नेताहरु मुठी खुल्ने इन्तजारमा बस्नु भएको छ । यो समाचार तयार पर्दासम्म अध्यक्ष ठाकुरले अन्य बाँकी पदका लागि कुनै निर्णय लिनुभएको छैन । जसलाई सोध्दा अध्यक्ष ठाकुरले जे गर्नुहुन्छ आफूहरुलाई स्वीकार्य हुने भन्नुहुन्छ तर ती नेताहरुको यतिखेर निन्द र चयन सबै हराएको छ । आआफ्ना शक्ति केन्द्रमा दौडधुप गरिरहेका छन्, आआफ्ना पहुँचसम्म यो कुरा पुर्याई रहेका छन् कि दावी गरिएका पदमा जसरी पनि आउनु पर्छ ।

सबभन्दा ठूलो प्रतिस्पर्धा महामन्त्रीमा रहेको छ । महामन्त्रीका तीन सीट छन्, त्यसमा एकजना मनोनित र दुईजना निर्वाचित हुनुपर्नेछ । चन्दा चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिइसकेपछि अब महामन्त्रीको दौडामा जितेन्द्र सोनल, वृजेश गुप्ता, जंगीलाल राय यादव, विमल प्रसाद श्रीवास्तव, उमाकान्त झा रहनु भएको छ ।

यीमध्ये दुई जना मात्र महामन्त्री हुनेछ । र, एकजना बाहिरबाट मनोनित हुनेछ । दौडमा रहनु भएका यी पाँचजना मध्ये जितेन्द्र सोनल, वृजेश गुप्ता र जंगीलाल राय यादवको नाम चर्चामा छ । पार्टीमा पश्चिमका नेता ह्रदय त्रिपाठी र सर्वेन्द्रनाथ शुक्ला आइसकेपछि पूर्वबाट पनि आउनु पर्ने विश्लेषणहरु भइरहेको छ ।
उपाध्यक्षमा वृषेशचन्द्र लाल पूर्वबाट आइसक्नु भएको छ तर उहाँले मास पोल्टीक्स (जनमानस) मा जम्नु भएको छैन ।

उहाँ विद्धान हुनुहुन्छ तर मास पोल्टिक्स गर्न सक्नु हुन्न । उहाँले राम्रो दस्तावेज लेख्न सक्नुहुन्छ, राम्रो प्रशिक्षण दिन सक्नुहुन्छ तर चुनावी रणनीतिमा सफल हुनु हुन्न त्यसका लागि पूर्वबाट जितेन्द्र सोनल र जंगीलाल राय यादव नै उपयुक्त हुने विश्लेषण पनि भइरहेको छ । त्यसमा पनि एकजना छनौट गर्नुपर्यो भने वरिष्ठता र योगदानका लागि सोनलनै उपयुक्त हुने पार्टीभित्र विश्लेषण भइरहेको छ । यसअघि उहाँ पार्टीका महामन्त्री पनि भइसक्नु भएको छ । त्यसलाई पनि सेटलमेन्ट गर्नका लागि जितेन्द्र सोनल महामन्त्री बन्ने प्रबल सम्भावना रहेको पार्टी निकट स्रोतहरुले जनाएको छ ।

अर्को वृजेश गुप्ता पश्चिमका हुनुहुन्छ । उहाँको सम्भावना पनि पार्टीमा त्यतिकै रहेको छ । प्रत्यक्ष चुनाव
जितेर आउनु भएको, मन्त्री पनि भइसक्नु भएको कारणले पार्टीले त्यस हिसाबले मूल्यांकन गर्दा उमाकान्त झा, विमल प्रसाद श्रीवास्तवभन्दा उहाँको ग्राफ धेरै माथि छ । उमाकान्त झा महन्थ ठाकुरको सम्धी तथा पूर्व सचिव भएको कारणले नै उहाँ परिचित हुनुहुन्छ तर संगठन तथा जनतामा उहाँको पकड नरहेको पार्टीभित्र विश्लेषण भइरहेको छ । यदि उहाँलाई महामन्त्री दिएपनि महन्थ ठाकुरले सम्धीको नाताले मात्र दिनसक्नु हुनेछ अरु कुनै विशेषता उहाँमा नरहेको विश्लेषकहरुको बुझाई छ तर अध्यक्ष ठाकुरले त्यस्तो गल्ती गर्नु हुन्न पनि भन्नेहरुको कमी छैन ।

जनतासँग खासै पहुँच नभएको नेतामा पर्नु हुन्छ विमल श्रीवास्तव । प्रतिस्पर्धी हुनुहुन्छ तर त्यही बाराको जितेन्द्र सोनल पनि उम्मेदवार हुनुहुन्छ । उम्मेदवार भएपनि उहाँको खासै चर्चा पार्टीमा सुनिएको छैन । महामन्त्रीमा गोविन्द चौधरीलाई मनोनित गर्ने पनि सम्भावन त्यतिकै छ तर अरु पनि मनोनित हुने आकांक्षि नेताहरुको कमी छैन तमलोपामा ।

सहारा टाइम्स पत्रिकाबाट

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..