» » कैलालीमा रहनु भएका सन्तोष मेहताले अनुभव गर्नुभएका यी आठ कुरा


काठमाडौ साउन ८ गते । सद्भावना पार्टीका प्रवक्ता सन्तोष मेहता आफ्नो पार्टीको कामले गर्दा तीन दिनदेखि कैलालीमा हुनुहुन्छ ।

मधेश आन्दोलनको उद्गमस्थल कैलालीमा अझैपनि त्यहाँका थारु समुदाय पीडामा छन् । राज्यले अझै दमन गर्न छाडिएको छैन अवस्थामा मेहता उतै हुनुहुन्छ । त्यहाँ हुँदा गरेको आठ बुँदे अनुभव उहाँले यसरी प्रस्तुत गर्नुभएको छ ।

  • हजारौं थारु प्रसासन र अखण्ड पक्षधरबाट निरन्तर पीडित भइ आफ्नो प्यारो गाउँबाट बिस्थापित भएको रहेछन् ।


  • थारू भएकै कारण निर्दोष व्यक्तिहरुमाथि झुठो मुद्दा लगाइ निरन्तर पक्राउ गरिरहेका छन् ।


  • अनुसन्धानको नाममा थारू समुदायलाई पक्राउ गर्ने तर कर्फ्युको बीचमा थारुका घर सम्पत्ति जलाइदिएकाहरु खुल्लेआम घुमिरहे पनि राज्यले केही नगरेको आक्रोश 


  • आन्दोलन गरेको निहुँमा थारूसँग प्रसाशन र अखण्ड पक्षधरहरुले बदला लिइरहेका रहेछन् ।


  • अति गरिब, मुक्तकमैया घरका मुखिया समेत रहेकाहरुलाई आन्दोलन गरेकाले जेल र थुनामा राखेकले घरको बाँँकी सदस्यहरुको हालत अत्यन्त दयनीय रहेको ।

  • समाज अत्यन्त दहसत (त्रास) मा रहेको, भित्र भित्रै आक्रोशीत रहेको ।

  • कैलालीको आन्दोलनको नेतृत्व गर्ने सद्भावना पार्टीका रेशम थारु, फोनिराम थारु, हिरालाल थारु लगायतका रहेछन् । त्यसैले सद्भावना पार्टीबाट ठूलो आशा गरेका रहेछन् ।


  • पश्चिमका थारुहरु यति पीडित हुँदा पनि मधेसी मोर्चाबाट भरोसा, सहयोग नपाएको गुनासो ।






About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..