» » राजेन्द्र महतोले भन्नुभयो, हामीले सरकारको स पनि उच्चारण गर्दैनौ


काठमाडौं, साउन १४ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काँग्रेस–माओवादी केन्द्रले मधेशी मोर्चाको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे मात्रै सरकारको बारेमा सोच्न सकिने बताउनु भएको छ ।
अहिले सरकारमा जाने कुनै कुराकानी मात्र होइन, त्यसको बारेमा सोचेको पनि छैन, रिर्पोटर्स क्लवमा आयोजित कार्यक्रममा बोल्नु हुँदै उहाँले भन्नुभयोे, ‘अहिले उहाँहरुले हाम्रो समर्थन माग्नु नै भएको छैन, यदि माग्नु भयो भने मात्र हामी त्यसको बारेमा छलफल गर्छौ ।

अब बन्ने सरकारले कस्तो व्यवहार गर्छ, हामी पनि त्यही अनुसार चल्छौं, मोर्चाले अघि सारेको ११ बुँदे मागबारे उहाँहरुको प्रष्ट धारणा आउनुपर्छ, अनि मात्रै सरकारमा जाने वा नजानेवारे हामी निर्णय गर्छौं, उहाँले भन्नुभयो ।

काँग्रेस–माओवादी केन्द्रवीच भएको ७ बुँदे सम्झौताको पहिलो बुँदामा मधेशी मोर्चाको माग सम्बोधन गर्ने कुरा उल्लेख गरिएकोमा सकारात्मक कदम भएको उल्लेख गर्दै भन्नुभयो, ‘उहाँहरुको प्रतिबद्धता सकारात्मक छ, तर अब त्यही अनुसारको काम पनि हुनुपर्यो नि, त्यस्ता बुँदा कति आए आए ? हामी उहाँहरुको व्यवहार हेर्न आँतुर छौं ।’

मोर्चाले अघि सारेका संविधानसम्बन्धी मागहरु र मधेश आन्दोलनबाट उब्जिएका समस्याहरुको समाधान गर्ने प्रतिबद्धता काँग्रेस र माओवादी केन्द्रले देखाए मात्र मोर्चाले सरकारको बारेमा सोच्न सकिने धारणा राख्नुभयो ।

विगतमा पनि आफ्ना मागहरु पूरा हुने विश्वासमा मोर्चा धेरैपटक सरकारमा सहभागी भएको स्मरण गर्दै महतोले थप्नुभयो, ‘सरकारमा गएर मात्रै के हुन्छ, मुख्य कुरा हाम्रो मुद्दा हो नि, त्यसैले माग पूरा नभएसम्म हामी सरकारको स पनि उच्चारण गर्दैनौं र अरु साथीहरुले पनि गर्नुहुँदैन् ।’

मोर्चाले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा जानबाट रोकिरहेको छ रे नि त भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयोे, ‘त्यो हाम्रो मतलवको विषय भएन, हामी उहाँलाई किन राक्छौं र ? प्रचण्डजीले जसलाई ल्याउन चाहनुहुन्छ त्यसलाई ल्याउन सक्नुहुन्छ ।’ उहाँले गच्छदार मधेश विरोधी नेता भएको भन्दै आलोचना समेत गर्नुभयो ।

महतोले काँग्रेस र माओवादी केन्द्रले मधेशको माग सम्बोधन गर्न संशोधन प्रस्ताव पेश गरे एमालेले समर्थन गर्ने बताउनुभयो । । उहाँले भन्नुभयो, ‘एमालेले समर्थन गरेन भने उसको मधेशको उपस्थितिलाई लिएर प्रश्न उठ्छ, एमालेले या त मधेश छाड्नुपर्यो, या मधेशको मुद्दा सम्बोधन गर्नुपर्यो, उसँग अहिले दुईवटा मात्रै विकल्प छ ।’ संविधान संशोधनको लागि मधेशी मोर्चाले संकल्प प्रस्ताव नलैजाने उहाँको दाबी थियो ।

मोर्चाले भनेजस्तै मधेशमा दुई प्रदेश भए संघीयतासम्बन्धी सिमांनको मुद्दा सम्बोधन हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयोे, ‘झापादेखि कञ्चनपुरसम्म दुई प्रदेश हुनुपर्छ, तराईको भूभाग तराईमै हुनुपर्छ, यसमा सबै मिल्नुको विकल्प छैन् ।’

महतोले वर्तमान सरकार काम चलाउ भएपनि जनतालाई राहत दिने काममा समेत सुस्त भएको आरोप लगाउँदै भन्नुभयो, ‘ओलीजीलाई सरकार गएकोमा चिन्ता छ, मर्माहत भएको छ, कामचलाउ भएपनि जनतालई राहत दिने कुरा खोई ?’ उहाँले देशका विभिन्न भूभागमा बाढिपहिरोका कारण जनता दुःखमा भएको भन्दै सरकारले त्यतातिर ध्यान दिनुपर्ने सुझाव दिनुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..