» » गच्छदारले आज आफ्नो पार्टीको सातौ वार्षीक उत्सव मनाउँदै


काठमाडौ साउन १६ गते । विजयकुमार गच्छदार अध्यक्ष मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले आज आफ्नो सातौ वर्षीक उत्सव मनाइरुहेको छ ।

अध्यक्ष गच्छदारले सात वर्षअघि उपेन्द्र यादवले नेतृत्व गरेको मधेशी जनअधिकार फोरम नेपालबाट अलग भएर मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) गठन गर्नु्रभएको थियो ।

प्रचण्ड नेतृत्वको सरकारमा जाने कि माधव नेपालको नेतृत्वमा जाने विषयमा विवाद हुँदा गच्छदारले पार्टी विभाजन गरेर माधव नेपाललाई सहयोग गरेर सरकार गठन गर्नुभएको थियो जब कि उपेन्द्र यादवले प्रचण्डको नेतृत्वमा सरकार बनाउनु पर्छ भन्दै हुनुहुन्थ्यो ।

भनिन्छ, त्यसबेला भारतले पनि माधवकुमार नेपालको नेतृत्वमा नै सरकार निर्माण गर्न चाहेका थिए र उपेन्द्रले नमानेपछि पार्टी विभाजन गर्न लगाएको थियो ।

गच्छदार पार्टी विभाजन गरेपछि सात वर्षमा दुई पटक मात्र सरकारमा जानु भएन । नत्र उहाँ सधैजसो सरकारमा नै रहनु भयो । पाँच पटक मन्त्री बन्नुभयो त्यसमा चारपटक त उपप्रधानमन्त्री समेत बन्नुभयो ।

ओली सरकारको नेतृत्वमा उहाँले कार्यवाहक प्रधानमन्त्री पनि बन्नुभयो । त्यति मात्र होइन । पहिलो सविधानसभामा एक पटक प्रधानमन्त्रीको उम्मेदवार पनि बन्नुभएको थियो ।

तीन महिना अगाडि गच्छदारले आफ्नो पार्टीको पहिलो महाधिवशेन सम्पन्न गर्नुभएको छ । त्यो महाधिवेशनबाट पनि उहाँ नै अध्यक्ष बन्नुभयो ।

पहिलो सविधानसभासभा चुनावमा मधेशी मोर्चाको साथमा रहनु भएका गच्छदार दोस्रो सविधानसभा चुनावपछि ३० दलीय गठबन्धनमा बस्नुको साथै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पनि पुनः गठन गरि केही दिन आन्दोलन गर्नुभयो । तर जब तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाले सविधान निर्माण गर्ने प्रकृया शुरु गर्नुभयो अनि प्रचण्डसँगै गठबन्धन छाडेर एमाले र काँग्रेससँग १६ बुँदे सम्झौता गरेर सविधान निर्माणमा लागेका थियो ।

गठबन्धन छाडेर काँग्रेस, एमाले, माओवादीसँग लागेपछि मधेशी मोर्चाले त्यसलाई कारवाही गरी मोर्चाबाट निकालिएका थिए ।

त्यसबेलादेखि मोर्चामा फर्केका छैन । ओली नेतृत्वको सरकारमा सहभागि भई नौ महिनासम्म सरकारमा बसे । ओली अल्पमतमा परेपछि सरकारबाट राजिनामा दिई प्रचण्डलाई समर्थन गर्नुभएको छ । त्यो कुरालाई मधेशी मोर्चाका नेताहरुले रुचाएका छैन र सकभर गच्छदार सरकारममा सहभागि नहोस् भनि चाहेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..