» » थारु आयोगलाई सवैधानिक आयोग बनाउन माग


काठमाडौँ, असार २४ गते । थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिले ‘राष्ट्रिय थारू आयोग’ लाई संवैधानिक आयोगका रुपमा विकास गर्नुपर्ने माग गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष राजकुमार लेखीले राज्यका हरेक निकायमा थारु समुदायबाट समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा जोड दिँदै सरकारसँग विगतमा भएका छबुँदे सहमति कार्यान्वयनको माग गर्नुभयो ।

समितिले विभिन्न समयमा भएका आन्दोलनका क्रममा थुनामा परेका २५ जना कार्यकर्तालाई रिहाइ गर्नुपर्ने माग गरेको छ । समितिले आजदेखि आगामी साउन २३ गतेसम्म सत्याग्रह र भद्र अवज्ञा कार्यक्रम पनि सुरु गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..