» » गजेन्द्रवादी सद्भावनाले निकाले यस्तो विज्ञप्ति


प्रेस विज्ञप्ति
लामो समयदेखि भईरहेको वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढ़ी पहिरो र यसले भएको घनजन र मानवीय क्षतिका साथै आमजनता माथि थोपोरिएको विपदा र पीड़ा प्रति नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) गहिरो दुस्ख व्यक्त गर्दछ ।

देशका विभिन्न भूभागमा भईरहेको प्राकृतिक दोहन र वन विनाशसंगै मधेशको चुरे क्षेत्रमा प्रायोजित रूपमा भईरहेको पहाड़ीहरुको बसाई सराई र यसले भएको वन विनाशका कारण देश गम्भिर किसीमले जलवायु परिवर्तनको चपेटामा पर्दै गएको र यसले बाढ़ी पहिरो जस्ता ठूलो संकटको सृजना गर्ने गरेको सर्वविदितै छ ।

यसै सन्दर्भमा मधेशमा भईरहेको लगातारको वन विनाशले अन्न भण्डारको रूपमा रहेको मधेश भूक्षय र मरूभूमिकरणको ठूलो चपेटामा पर्दै गएको र भविष्यमा यसले मधेशलाई गम्भिर संकटमा पार्ने निश्चितनै छ।
यसर्थ बाढ़ी पहिरो जस्तो प्राकृतिक विपदाबाट देश र मधेशलाई बचाउन र यो समस्याको दिर्धकालिन समाधानका लागि एकातिर सम्पूर्ण देशलाई वन विनाश र प्राकृतिक दोहनबाट बचाउनु आवश्यक छ भने अर्कातिर मानव बिनाको मधेश चुरे क्षेत्रको निर्माण गर्न अपरिहार्य छ ।

यसकालागि चुरे क्षेत्रमा महेंद्रवादी नीति तहत पहाडबाट बसाई सराई गरी बसैका अबैध बस्तीहरूलाई हटाउनकालागि यथाशिध् ठोस कार्यक्रम ल्याउन नेपाल सरकारसंग नेसपा (गजेन्द्रवादी) जोड़दार माग गर्दछ।
बाढ़ीबाट भएको घनजनसंगै मानवीय क्षतिको उचित क्षतिपूर्तिसंगै बाढ़ी पिड़ीतहरूलाई तत्काल उचित व्यवस्थापन र राहतका लागि अझ बढ़ी तदारूकताका साथ लाग्न समेत नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) सम्बन्धित पक्ष र नेपाल सरकारसंग माग गर्दछ ।
विकास तिवारी
अध्यक्ष
नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..