» » गठबन्धन र सरकारबीच बारले मध्यस्ता गर्ने, गठबन्धनसँग गर्यो छलफल


काठमडौ असार १७ गते । सरकार र आन्दोलनरत संघीय गठबन्धनबीच वार्ता गराउन नेपाल बार एसोसिएसनले सहजीकरणको निम्ति बनाएको अधिवक्ता शम्भु थापा नेतृत्वको टोलिले आज गठबन्धनसँग छलफल गरेको छ ।

संघीय गठबंधन सम्बद्ध दलका नेताहरु बीच बारकै सभाकक्षमा टोलीले छलफल गरेको राष्ट्रिय मधेश समाजवादीका नेता केशव झाले जानकारी गराउनु भयो । दुवै पक्षसँग छुट्टा छुट्टै छलफल गरि पछि संयुक्त बैठक बसाएर वार्ता गराउने भएको छ । वार्तापछि बारले स्वयत्त पत्र जारी गर्ने बताइएको छ ।

बैठकमा गठबंधनको तर्फबाट उपेन्द्र यादव, लक्ष्मण लाल कर्ण, केशव झा, डा.ओम गुरुङ, मिनराज थारू, नवीन रोका मगर, दान बहादुर बि.क., यम बहादुर बुढाथोकी, आङ दोर्जी लामा, होमलाल पुन र बारको तर्फबाट शेरबहादुर केसी, शम्भु थापा, महादेवप्रसाद यादव, कमलनारायण दास, विष्णुप्रसाद भट्टराई, उपेन्द्रकेशरी न्यौपाने, सविता भण्डारी, रमणकुमार श्रेष्ठ, सतिशकुमार झा, ज्ञानेन्द्रप्रसाद अधिकारी लगायतको उपस्थिति थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..